जनस्वस्थ्य सरोकार, काठमाडौँ । संविधान दिवसको अवसर पारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बहिरंग सेवा (ओपिडी)को टिकट निःशुल्क उपलव्ध गराउने भएको छ ।यसपटक संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा हर्सोल्लाशपुर्वक मनाउने योजना अनुसार आम सर्वसाधारणलाई आज ओपिडी सेवाका नि:शुल्क टिकट उपलव्ध गराउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा ओपिडी सेवा लिन जाने विरामीले टिकटको पैसा तिर्नु नपर्ने स्वास्थ्य सचिव खगराज बरालले बताउनुभयो । निजी अस्पताललाई छुट दिनका लागि अनिवार्य गर्न नमिल्ने भन्दै छुटका लागि आग्रह गरिएको स्वास्थ्य सचिव बरालले बताउनुभयो ।यसपटक सरकारले संविधान दिवसलाई विशेष रुपमा २, ३ र ४ असोज गरी तीन दिन मनाउने निर्णय गरेको छ । संविधान दिवसको अवसरमा सरकारले यसअघि यस्ता छुट भने दिएको थिएन ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५
