काठमाडौं, २ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाँत फुकालेको भोलिपल्टै आज ज्वरोले थला परेका छन् । प्रचण्डले निकै समयदेखि समस्याग्रस्त दाँत हिजो (बुधबार) ललितपुरस्थित् नेपाल मेडिसिटी हस्पिटलमा पुगेर फुकालेका थिए ।
पछिल्ला केही दिनमा दाँत दुख्ने समस्या तिव्र भएपछि उनी मेडिसिटी अस्पताल पुगेका थिए । डाक्टर सुमित साहले उनलाई दाँत निकालेर फाल्न सुझाव दिएका थिए।
बुधबार अस्पताल भर्ना भएर दाहालले बंगरातिरको दुख्ने दाँत फुकालेको उनको सचिवालयले जनाएको थियो । तर, उनलाई आजबाट ज्वरो आएकोले उनी ‘बेड रेष्ट’ मा बसेको पनि उनको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५
