
बैतडी, असोज ३ गते । सुत्केरीको अप्रेश्न गर्ने तयारी हुँदा चिकित्सकले सुई लगाउन नमान्दा बैतडी अस्पतालले एक सुत्केरीलाई जिल्ला बाहिर रेफर गरेको छ ।
रेफर गरिएकी सुत्केरीले एम्बुलेन्स समेत नपाउँदा निजी जिप–गाडी महङ्गोमा बुक गर्नु परेको सुत्केरीका आफन्त नारायण जोशीले बताउनुभयो । जिल्ला अस्पताल बैतडीको एम्बुलेन्स बिग्रेकोले मर्मत भईरहेको जिल्ला अस्पताल बैतडीले जानकारी दिएको छ ।
सुत्केरी व्यथा लागेर असोज १ गते जिल्ला अस्पताल भर्ना भएकी दशरथ चन्द नगरपालिका वडा नम्बर ४ की कलावती जोशीको अप्रेशन हुन नसकेपछि डडेल्धुरा रेफर गरिएको जिल्ला अस्पताल बैतडीका डाक्टर देवेन्द्र लेखकले जानकारी दिनुभयो ।
डाक्टर लेखकले भन्नुभयो, “सुत्केरी कलावती जोशी असोज १ गते भर्ना हुनु भएको हो । उहाँ आफै सुत्केरी हुने अवस्था नभएपछि शुक्रबार अप्रेशनको तयारी थियो । अप्रेशन अघि सुई लगाउने एनेस्थेसिया चिकित्सक खेमराज भट्टले भोली (शनिबार) घरमा बुवाको श्राद्ध परेकोले सुत्केरीलाई सुई लगाउन सक्दिन भन्नुभयो । धेरै कर गर्ने कुरा पनि भएन । त्यसपछि सुत्केरीलाई डडेल्धुरा रेफर गरेका हौ”
यो विषयमा जिल्ला अस्पताल बैतडीका एनेस्थेशिया खेमराज भट्टले सुत्केरी नछुने मान्यता होईन, भोली शनिबर घरमा बुवाको श्राद्ध परेकोले घर जानु पर्ने हुँदा सुई नलगाएको बताउनुभयो ।
भट्टले भन्नुभयो,“सुत्केरीलाई सुई लगाएर घर जान मिलेन । कुनै समस्या परे अस्पतालमै बस्नु पर्ने भएकोले सुई नलगाएको हुँ । सुत्केरी नछुने मान्यता होईन, मैले तुरुन्तै घर जानु परेकोले डाक्टरले सुत्केरी रेफर गरेका हुन् ।”
सुत्केरी रेफरको भएको विषयमा बैतडीका प्रमुख जिल्ला अधिकारीले गम्भीर चासो लिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भन्नुभयो,“स्वास्थ्यकर्मीको घरमा बुवाको श्राद्ध परेकोले सुई नलगाएको विषयम मैले गम्भीर चासो लिएर बुझ्दा डाक्टर र ऐनेस्थेशियावीच केही मनमुटाव पनि रहेछ । जुनसुकै कारणले पनि एउटा सुत्केरीले जिल्लामै पाउने सेवा नपाएको विषयमा आवश्यक जाँचबुझ गर्छु ।”
समाजमा भएका यस्ता गलत मान्यता र प्रथा अन्त्य गर्न सबै जागरुक बन्नु पर्ने प्रजिक पौडेलले बताउनुभयो । चिकित्सकले घरमा श्राद्ध परेको भन्दै सुत्केरीलाई सुई नलगाई दिँदा जिल्लामा पाउने सेवा नपाएकोले जिल्ला बाहिर जानुपर्दा हजारौं रुपियाँ खर्च भएको र अनावश्यक दुःख र व्यहोर्नु परेको सुत्केरीका आफन्तले बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
आइतबार, साउन १०, २०८३
मापदण्डविपरीत सञ्चालन भएका दुई अस्पताल र एक हेल्थ केयर सिल
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ

