काठमाडौँ, ५ असोज । वरिष्ठ आँखारोग विशेषज्ञ डा.सन्दुक रुइत प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका छन् ।
पाँच लाख रुपैयाँ राशीको उक्त पुरस्कार उनलाई आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरिन् ।
आँखा स्वास्थ्यको क्षेत्रमा डा. रुइतले गरेको योगदानको कदर गर्दै बिहीबार मन्त्रिपरिषद्को बैठकले उक्त पुरस्कार दिने निर्णय सार्वजनिक गरेको थियो ।
एक लाखभन्दा बढी मोतियाबिन्दुका विरामीको आँखाको ज्योति फर्काएका ६४ वर्षीया बरिष्ठ आँखा रोग विशेषज्ञ डा।रुइत सुदूरपूर्वको हिमाली गाउँ ओलाङचुङ गोलामा जन्मिएका हुन् ।
डा रुइतले आफ्नो नेतृत्वमा तिलगङ्गा अस्पताल खोली तीन दशकदेखि आँखाका उपचारमा नेपालमा मात्र नभएर भारत, भुटान, चीनलगायत देशमा पनि सेवा प्रदान गर्दै आएका छन् । उनले तिलगङ्गा अस्पतालले शुरु गरेको नयाँ प्रविधिलाई एशिया, अफ्रिका र दक्षिण अमेरिकामा पनि लैजाने निर्णय गरिएको जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५