
रुकुम (पश्चिम), असोज ९ गते । रुकुम पश्चिममा डेंगु र स्क्रबटाइफसका बिरामी भेटिएका छन् । सदरमुकाम मुसिकोट खलङ्गा स्थित साझा अस्पतालमा उपचार गराउन आएका बिरामीहरुमध्ये तीन जना बिरामीलाई डेंगु र दुई जना बिरामीलाई स्क्रब टाइफसको संक्रमण देखिएको हो ।
डेंगु संक्रमण भएका बिरामीहरुमा अत्यधिक ज्वरो आउनुका साथै शरीर दुख्ने समस्या देखिएको अस्पतालका डाक्टर दीपक पुनले जानकारी दिनुभयो । पछिल्लो एक साताको बीचमा उपचार गराउन आएका बिरामीमध्ये तीन जनालाई डेंगु देखिएकोमा एकजनालाई काठमाडौँ रिफर गरिएको र बाँकीको यहिँ उपचार भैरहेको उहाँले बताउनुभयो ।
जिल्ला अस्पतालको तथ्याङ्कमा पनि दुईजनामा डेंगु भएको देखिएको अस्पतालका प्रमुख डा. महेश चौलागाईले बताउनुभयो । स्थानीय साझा अस्पतालबाट पठाएको एकजना र मनकामना अस्पतालबाट पठाएको एकजनामा डेंगु देखिएको उहाँले बताउनुभयो । त्यस्तै स्क्रबटाइफसको संक्रमण देखिएका दुवैजनालाई घरमै बसेर औषधी सेवन गर्न सुझाव दिएको साझा अस्पतालले जनाएको छ ।
डेंगु र स्क्रबटाइफसका बिरामीहरु थोरै भएपनि मौसमी ज्वरोका बिरामीहरुको भने जिल्लाका सबैजसो स्वास्थ्य संस्थामा निकै चाप रहेको छ । जिल्ला अस्पतालका साथै सदरमुकाम मुसिकोट खलंगामा रहेका नीजि अस्पताल र मेडिकलहरुमा मौसमी ज्वरोका बिरामीको भीड घट्न सकेको छैन । जिल्ला अस्पतालमा अहिले दैनिक दुईसय बिरामीहरु आउने गरेको बताइएको छ ।गोरखापत्रबाट
प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५
