ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले मुटुको उपचारका लागि गरिने विभिन्न ल्याव परीक्षण नि:शुल्क गर्ने भएको छ। विश्व मुटु दिवसका अवसर पारेर अल्का अस्पतालले यही असोज १२ गते इजिसी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण सित्तैमा गर्न लागेको हो । लाइन्स क्लव अफ काठमाडौं अल्का र लियो क्लव अफ काठमाडौं अल्काले यही असोज १२ गते विश्व मुटु दिवस मनाउँदैछन् । स्वस्थ्य मुटु सुरक्षित भविष्य भन्ने नाराका साथ मनाउन लागिएको सो दिवसको अवसर पारेर सोही दिनका लागि मात्र यी परीक्षणमा पैसा नलाग्ने अल्का अस्पतालका सिइओ दिलिप थापाले बताए। उनका अनुसार सो दिन अस्पताल परिसरमा गरिने निशुल्क शिविरमा विरामीहरुलाई १० दिनसम्मका लागि औषधि पनि निशुल्क वितरण गरिनेछ। शिविरमा जाँच गरेकाहरुको १४ दिनसम्म फलो अपमा आउँदा पनि पैसा तिर्नु नपर्ने उनले बताए। अल्का अस्पतालले वरिष्ठ चिकित्सकहरुबाट मुटु रोगको उपचार गर्दै आएको छ। साथै अल्का अस्पतालले मुटु रोग पहिचानका लागि विभिन्न हेल्थ्य प्याकेजसमेत सार्वजनिक गरिसकेको छ।
प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५
