चितवन — आन्दाेलनरत पक्षसँग भएकाे सहमति अनुरूप चितवन मेडिकल कलेजले काम नगरेकाे भन्दै विद्यार्थी अभिभावकले फेरि आन्दाेलनकाे चेतावनी दिएका छन् । सहमति अनुसार मेडिकल कलेजले विद्यार्थीबाट लिएकाे अतिरिक्त शुल्ककाे भर्पाइ र प्रतिवेदन असाेज १० गतेभित्र दिनु पर्दथ्याे ।
चितवन मेडिकल कलेजका शिक्षण विभाग तर्फका प्रसाशक अरूण काेइरालाले काम सक्न समय लागेकाे बताए । 'काम गर्छाैं । केही समय लाग्ला । हामी काम सक्छाैं । प्रतिवेदन पनि दिन्छाैं,' प्रसाशक काेइरालाले भने ।मिति कटे पनि भर्पाइ नपाएकाे भन्दै साेमबार बिहान ११ बजेभित्र भर्पाइ नदिए आन्दाेलन गर्ने विद्यार्थी र अभिभावक समितिकाे अल्टीमेटम छ । चिकित्सा शिक्षा संघर्ष समिति र अभिभावक संघर्ष समितिले आइतबार संयुक्त विज्ञप्ती निकालेर यस्ताे चेतावनी दिएका हुन् ।
चितवन मेडिकल कलेजले एमबीबीएससहितका विद्यार्थीबाट सरकारले ताेकेकाेभन्दा पाँचदेखि २० लाख रूपैयाँसम्म बढी शुल्क लिएकाे भन्दै विद्यार्थीले आन्दाेलन गरेका थिए । भदाै १५ देखि विद्यार्थी सडकमै ओर्लेका थिए ।
विद्यार्थी, अभिभावक र कलेज प्रतिनिधिबीच भदाैं २६ मा चितवन जिल्ला प्रशासनमा बार्ता भएकाे थियाे । जसमा कात्तिक १८ सम्म बढी लिएकाे शुल्क फिर्ता गर्ने र असाेज १० भित्र बढी लिएकाे शुल्क बारे प्रतिवेदन तयार गर्ने र भर्पाइ पनि दिने उल्लेख छ ।
कलेजले सरकारले ताेकेकाे भन्दा बढी शुल्क लिए पनि कुनै पनि खालकाे विल भर्पाइ नदिएकाे विद्यार्थी अभिभावकले बताउने गरेका छन् ।कान्तिपुरदैनिकबाट
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५

