
काठमाडौं – नेपालीको महानपर्व दसैँ, तिहारमा स्वास्थ्यसेवा विगत वर्षमा जस्तै निरन्तरता हुने भएको छ ।
यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दसैँ र तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्यसेवा सूचारु राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई अनुरोध गरेको छ ।
मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुषालद्वारा आइतबार जारी विज्ञप्तिमा स्थानीय निकायका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई स्वास्थ्यसेवा सूचारु राख्न ११ बुँदे आग्रह जारी गरिएको छ ।
यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले स्वास्थ्यसेवा सुचारु राख्न अनुरोध गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेका थिए । संविधानको प्रावधानअनुसार स्थानीय तहका स्वास्थ्य संस्थाको सञ्चालन स्थानीय निकायले गर्दछन् ।
सो आग्रहमा अस्पताल विपद व्यवस्थापन समितिलाई पूर्व तयारी अवस्थामा रहने व्यवस्था मिलाउने, सबैै अस्पताल, अस्पतालका फार्मेसी तथा एम्बुलेन्स २४ घण्टा सञ्चालनको व्यवस्था मिलाउने र राजमार्ग वरिपरिका स्वास्थ्य संस्थालाई थप तयारीमा राख्ने व्यवस्था मिलाउने रहेका छन् ।
दसैँमा सेवा प्रभावित नहुनेगरी स्वास्थ्यकर्मीको बिदाको व्यवस्थापन गर्ने, हाल भइरहेको डेङ्गी महामारीका रोकथाम तथा उपचार सेवा प्रभावित हुन नदिन विशेष व्यवस्था गर्ने, सम्भावित महामारी तथा अन्य स्वास्थ्य जोखिम व्यवस्थापन गर्न तयारी रहने, रक्तसञ्चार अभाव हुन नदिन ध्यान दिने र सेवामा रहेका स्वास्थ्यकर्मीका सम्पर्क नम्बर आकस्मिक कक्षमा राखिने छन् ।
’
प्रकाशित मिति: सोमबार, असोज १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५
