
काठमाडौँ, असोज १५ गते । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले स्वास्थ्य सेवा प्रदायक संस्था र स्वास्थ्यकर्मीको सुरक्षाका लागि मन्त्रालयले उच्च प्राथमिकता दिएको जानकारी दिनुभएको छ । गृहमन्त्रालयसँगको समन्वय र सहकार्यमा मन्त्रालयले अस्पताल, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान गएको उहाँले बताउनुभयो ।
डक्टर्स सोसाइटी अफ नेपालको प्रतिनिधिमण्डलले अस्पताल तथा स्वास्थ्य संस्थामा असुरक्षा बढेको जनाउँदै राज्यमन्त्री डा यादवलाई एप्रोनसमेत बुझाएका थिए । अस्पतालमा बिरामीको उपचारमा सक्रिय रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र दुव्र्यवहारका घटना बढेका भन्दै सुरक्षाको माग राख्दै मन्त्रालयको ध्यानाकर्षण गराइएको सोसाइटीका महासचिव डा तोसीमा कार्कीले जानकारी दिनुभयो ।
पछिल्लो समय नेपाल चिकित्सक सङ्घले सङ्घका आजीवन सदस्य प्राध्यापक चिकित्सक भोलाराज जोशीमाथि उपचारकोे विषयलाई लिएर चावहिलस्थित ओम अस्पतालमा दुव्र्यवहार तथा मानमर्दन भएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५
