काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका छन् । शाक्यलाई डेंगुको संक्रमण भएको आशंका गरिएको छ । शाक्यलाई बिहीबार बिहानदेखि त्रिपुरेश्वरस्थित ब्लु–क्रस अस्पतालमा राखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
‘मेयर शाक्यलाई ज्वरोलगायत डेंगुका केही लक्षण देखिएका छन्,’ अस्पताल स्रोतले भन्यो, ‘परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।’ उनको उपचारमा डा. खगेन्द्रबहादुर श्रेष्ठ र डा. त्रिलोकीनाथ गुप्तालगायतको चिकित्सक टोली खटिएको बताइएको छ । यद्यपि मेयर शाक्यको सचिवालय तथा परिवारजनले भने यस विषयमा केही जानकारी दिएका छैनन् ।
प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५
