जनस्वास्थ्य सरोकार, असोज १७ काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयको उपकूलपतिका लागि ३ जनाको नाम सिफारिस गर्नुभएको छ । उहाँले डा. धर्मकान्त बाँस्कोटा, डा. भगवान कोइराला र चन्द्रमणि पौडेलको नाम त्रिवि उपकूलपतिका लागि सिफारिस गर्नुभएको हो ।सिफारिस गरिएको नाम हिजो नै त्रिवि कूलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बिहीबार बुझाइसकेको जानकारी दिनुभयो । कूलपतिले सिफासिस गरिएका तीन जना मध्येबाट एक जनाको नाम उपकूलपतिका लागि चयन गरिनेछ । तीर्थ खनियाँको अवकाश भएपछि त्रिविमा उपकूलपति पद खाली छ। सिफारिस गरिएका नाम निकै अघिदेखि चर्चामा रहेका नाम हुन्। शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा नाम सिफारिस गर्न सर्च कमिटी गठन गरिएको थियो।
प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५
