जनस्वास्थ्य सरोकार, असोज १७ काठमाडौँ । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । अस्पतालले बिहिबार काठमाडौंको धुम्बाराही स्थित होटल अकामामा सम्पन्न साधारण सभामा उपस्थित संचालक, शेयरधनी तथा आमन्त्रीत महानुभावहरुलाई सम्बोधन गर्दै अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्कीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सम्बोधनका क्रममा प्रबन्ध संचालक कार्कीले सञ्चालक समितिले दिएको जिम्मेवारीलाई पालना गर्दै अपतालमा संस्थागत सुशासन कायम गर्न पाएको सबैको साथ सहयोग र होसलाका लागि सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । दक्ष चिकित्सक, नर्सिङ स्टाफ र कर्मचारीहरुको साथमा अस्पताल नयाँ ढंगबाट अघि बढिरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा ॐ अस्पताललाई नेपालको पहिलो रोजाइको उपचार सेवा प्रदायक बनाउन दृढताकासाथ अघि बढेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
अस्पताल संचालक समितिका अध्यक्ष उद्धव पौडेलले अस्पतालको बार्षिक प्रगति तथा आर्थिक बर्ष २०७५ र २०७६ को लेखा परिक्षण प्रतिवेदनको सार संक्षेप प्रस्तुत गर्दै ॐ अस्पताल तुलनात्मक रुपमा सफल रहेको जानकारी गराउनु भयो । उहाँले ॐ अस्पताल देशका सातै प्रदेशका साना ठुला सबै स्वास्थ्य सेवा प्रदायकहरुको रोजाइको रेफरल सेन्टरको रुपमा परिचय बनाउन सफल भएकोमा अस्पतालका सम्पूर्ण डाक्टर नर्सिङ स्टाफ तथा कर्मचारीहरुलाई धन्यवाद दिनुभयो ।
साधारण सभाको अन्त्यमा अस्पतालको हितमा पुर्याउनुभएको अतुलनिय योगदानको कदर गर्दै अस्पताल संचालक समितिका सदस्य तथा पिआर डाइरेक्टर हरिप्रसाद पाठक ज्यूलाई सम्मानित गरिएको थियो । सम्मान पाएपछि आफ्नो धन्यवाद मन्तब्यको क्रममा आप्नो कामको उच्च मुल्याङ्कन गरी मलाइ सम्मान गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । अस्पतालमा आउने गरिव तथा असहाय बिरामीको उपचारकालागि आफ्नो परिवारको तर्फबाट रु। दश लाखको हरि प्रसाद पाठक तथा राममायाँ पाठक असहाय उपचार अक्षय कोष स्थापना गर्ने घोषणा गर्नुभयो । उहाँले अस्पतालका लागि आफ्नो ज्ञान सिप र दक्षताले भ्याउने हर किसिमको सहयोग गर्न हरपल तयार रहेको प्रतिवद्धता समेत दोहोर्याउनु भयो ।
सधारण सभामा अस्पताल सञ्चालक समितिका संचालक ज्यूहरु डा.आनन्द प्रसाद श्रेष्ठ, डा.उग्रनारायण पाठक, डा.हरिकिशोर श्रेष्ठ, बिजय मल्ल, चण्डिराज ढकाल, हरिप्रसाद पाठक, टंक बहादुर श्रेष्ठ, डा.जागेश्वर गौतम, डा.राजेश किशोर श्रेष्ठ सँगै अस्पतालका शेयरधनिहरू, उच्च पदाधिकारीहरू र कर्मचारीको उल्लेख्य उपस्थिति थियो।
नेपालको निजिस्तरमा संचालित अग्रणि स्वास्थ्य सेवा प्रदायक संस्था ॐ अस्पतालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुर दराजका बिरामीकालागि समय समयमा दुर्गम जिल्लाहरुमा बिशेषज्ञ र औषधि सहितको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि बितरण शिविर लगायतका अन्य चेतनामूलक विभिन्न कार्यक्रमहरु समेत संचालन गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
आइतबार, साउन १०, २०८३
मापदण्डविपरीत सञ्चालन भएका दुई अस्पताल र एक हेल्थ केयर सिल
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ

