जनस्वास्थ्य सरोकार, असोज १७ काठमाडौँ । विजया दशमीको माहोलमा पनि ललितपुर जावलाखेलस्थित अल्का अस्पतालले सम्पूर्ण उपचार सेवाहरु सुुचारु गर्ने भएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइयो) दिलिप थापाका अनुसार, फुलपातिदेखि दशमीको दिनमा पनि सम्पूर्ण स्वास्थ्य सेवाहरु सुचारु गरिने भएको छ । चाडपर्वको बेलामा सर्वसाधारण एवं विरामीले उपचार सेवाबाट बन्चित हुनु नपरोस भन्ने उद्देश्यका साथ अस्पतालले सेवा सुचारु गर्ने निर्णय गरेको कार्यकारी अधिकृत थापाले बताए । असोज १८, १९ २० र २१ गते आकस्मिक एवं बहिरंग विभाग (ओपिडि)बाट हुने सबै सेवाहरु प्रवाह गर्न चिकित्सक एवं स्वास्थ्यकर्मी सहितको टोली परिचालन हुने छन । विहान, दिउसो र साँझ गरि तिनवटै सिफ्टमा उपचार सेवा प्रवाह हुने अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५
