नेभिगेशन

पक्षघात भएर दुई वर्षदेखि थला परेका एक व्यक्ति मस्तिष्क नियन्त्रित उपकरण प्रयोग गरेर सबै हातखुट्टा चलाउन सफल

Thibault in the exoskeleton

पक्षघात भएर दुई वर्षदेखि थला परेका एक व्यक्तिले मस्तिष्क नियन्त्रित उपकरण प्रयोग गरेर सबै हातखुट्टा चलाउन सफल भएको फ्रान्सेली अनुसन्धानकर्ताहरूले बताएका छन्।

तीस वर्षीय थिबाउल्टले सो उपकरणमा पहिलो कदम चाल्दा चन्द्रमामा पहिलो मानिसको जस्तो अनुभव भएको बताएका छन्। उनको हिँडाइ सामान्य छैन र उनको रोबोटजस्तो उपकरण अहिलेका लागि प्रयोगशालामा सीमित छ। तर अनुसन्धानकर्ताहरूले यो प्रविधिले भविष्यमा कुनै दिन हातखुट्टा नचल्ने व्यक्तिको जीवनको स्तर सुधार्ने अपेक्षा गरेका छन्।
Sensor on the brain

यसले कसरी काम गर्छ?

थिबाउल्टको मस्तिष्कमा शल्यक्रिया गरेर हातगोडाको चाललाई नियन्त्रण गर्ने स्थानमा दुईवटा सानो मेसिन राखिएको थियो।
Sensors read brain activity
प्रत्येक मेसिनमा मस्तिष्कको सन्देश पढ्ने ६४ यन्त्र छन् जसले मस्तिष्कको सन्देशलाई नजिकैको कम्प्युटरमा प्रवाह गर्छन्।
Computer software turns the brainwaves into instructions
कम्प्युटरमा रहेको सफ्टवेअरले ती सन्देश पढेर सो अनुसारको निर्देशन थिबाउल्टले लगाएको उपकरणलाई पठाउँछ। थिबाउल्टले भने सो उपकरण पहिरिएका छन्।
Walking
तर जब उनले हिँड्ने सोच्छन्, त्यही अनुसार उनको खुट्टा त्यो उपकरणले चलाउँछ।
Hand control
र, उनले आफ्ना सबै हातखुट्टा चलाउन सक्छन्।

प्रयोग गर्न कति सहज ?

आफ्नो थर भन्न नचाहने थिबाउल्ट चार वर्षअघि १५ मिटर माथि बाट खस्नुअघि आँखाको चिकित्सक थिए। चोटले उनी हलचल गर्न नसक्ने भए र दुई वर्ष अस्पतालमै बिताए। सन् २०१७ मा उनले क्लिनाटेक र ग्रेनोवेल विश्वविद्यालयको परीक्षणमा सहभागी हुन सहमत भए। शुरूमा उनले मस्तिष्कको सोचबाट कम्प्युटर खेलमा एउटा पात्र चलाउन अभ्यास गरे र बिस्तारै लगाउने ६५ किलोको उपकरण प्रयोग गर्न थाले। "मलाई चन्द्रमामा पुगेको पहिलो मान्छेजस्तो अनुभूति भयो। दुई वर्ष म हिँडेकै थिइनँ। मैले बिर्सिसकेको थिएँ कि कोठामा भएका थुप्रै मानिसहरूभन्दा म अग्लो थिएँ," उनले भने।

अब के हुन्छ ?

फ्रान्सेली वैज्ञानिकहरूले यो प्रविधिलाई विकास गर्ने काम जारी राख्ने बताएका छन्। उनीहरूको योजना यसले ‍‍औँलासम्म नियन्त्रण गर्न सक्ने बनाएर थिबाउल्टलाई भुइँका कुराहरू टिप्न सक्षम बनाउने रहेको छ। थिबाउल्टले मस्तिष्कमा प्रत्यारोपित मेसिनबाट व्हिलचेयर नियन्त्रण गर्न सिकिसकेका छन्। लण्डन स्कूल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिनका प्राध्यापक टम सेक्सपियर भन्छन्: "यो अनुसन्धानले उत्साहप्रद नयाँ कुरा दिए पनि हामीले के सम्झनुपर्छ भने यो प्रविधि प्रयोगमा आउन अझै लामो समय लाग्नेछ।" "यसको खर्चका कारण यो सबैका लागि उपलब्ध हुन गार्‍हो छ।" बीबीसी
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट