जनस्वास्थ्य सरोकार, जेनेभा, २२ असोज २०७६ । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दुईजना स्वीस वैज्ञानिक र एकजना क्यानाडाली–अमेरिकी वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरिएको छ ।
उनीहरुलाई खगोलशास्त्रको अध्ययनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको नोबेल पुरस्कार छनोट समितिले जनाएको छ ।
पुरस्कृत हुनेहरुमा स्वीस वैज्ञानिकहरु माइकल मायोर र डिडियर क्वुलोज तथा अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका प्राध्यामक जेम्स पिबल्स रहेका छन् ।
जेनेभा विश्वविद्यालयले प्राध्यापकद्वयका तर्फबाट जारी गरेको विज्ञप्तिमा पुरस्कारको निर्णय निकै असाधारण र विशेष रहेको बताएको छ ।
विश्वविद्यालयले विज्ञप्तिमा भनेको छ–‘दुवै स्वीस वैज्ञानिकले खगोल विज्ञानमा अदभूत योगदान गर्नुभएको छ । उहाँहरुले वर्तमान सौर्यमन्डलबाहिर पनि अर्को ग्रह रहेको पहिलोपटक पत्ता लगाउनुभएको थियो । यो ग्रहको नाम ५१ पेगासी बी राखिएको छ ।’
अहिले वर्तमान सौर्यमन्डलबाहिर झन्डै २,००० ग्रह रहेको पत्ता लागिसकेको छ ।
चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार
यसैगरी, सन् २०१९ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दुईजना अमेरिकी र एकजना बेलायती वैज्ञानिकलाई प्रदान गर्ने घोषणा गरिएको छ ।
उनीहरुलाई मानव शरीरका कोषहरुको खोज एवं अनुसन्धान गरेवापत् उक्त पुरस्कार दिइएको हो ।
रक्तअल्पता, क्यान्सर र अरु प्राणघातक रोगहरुसँग लड्न नयाँ खोजले सघाउने नोबेल समितिले जनाएको छ ।
यो पुरस्कार प्राप्त गर्नेहरुमा हार्वर्ड विश्वविद्यालयका डा. विलियम जी काइलिन जुनियर, जोन्स हप्किन्स विश्वविद्यालयका ग्रेग एल सेमेन्जा र बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका पिटर जे राचक्लिफ रहेका छन् ।
सन् १९०१ यता यो पुरस्कार ११०औं टक प्रदान गर्न लागिएको हो । रासस/एएफपी/एपी

प्रकाशित मिति: बुधबार, असोज २२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
डा. उज्ज्वललाई २३ प्रश्न
आइतबार, माघ २५, २०८२
नेपालमा रोबोटिक सर्जरीको उदय
शुक्रबार, माघ २३, २०८२
१५ मिनेटमै मानिसलाई धुने–सुकाउने मिराइ ह्यूमन वासिङ मेसिनः जापानको भविष्यवादी आविष्कार
बिहीबार, मंसिर १८, २०८२
स्वास्थ्यसेवा बदल्ने सपनाः वंशीराम श्रेष्ठको दृष्टिबाट सुरु भएको यात्रा
सोमबार, जेठ २६, २०८२ट्रेन्डिङ