अमरगढी, असोज २६ गते । गत बुधबार अमरगढी नगरपालिका–६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका एक साधुको शङ्कास्पद अवस्थामा शव फेला प¥यो । मृतक गिरीको हत्या भएको आशङ्का गरियो । आशङ्का गरिएकाले पनि थप अनुसन्धान गर्न परीक्षण गर्नुपर्ने अवस्था आयो तर ‘विशिष्ट विशेषज्ञ’ सहितको डडेल्धुरा अस्पतालमा परीक्षण गर्ने डाक्टर थिएनन । अस्पतालमा डाक्टर नभएपछि बैतडीबाट डाक्टर वसन्त जोशी गुहारेर परीक्षण गरेको डडेल्धुरा अस्पतालका सूचना अधिकारी टङ्कप्रसाद पन्तले बताउनुभयो ।
दैनिकजस्तो ‘पोष्टमार्टम गर्न चिकित्सकलाई एउटा विशेष तालीमको आवश्यकता हुन्छ । जुन हाल डडेल्धुरा अस्पतालमा कार्यरत एकमात्रै डाक्टर नरेश श्रेष्ठले प्राप्त गरेका छैनन् । अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा सात पहाडी जिल्लाको स्वास्थ्य सेवानै प्रभावित बनेको छ ।” अस्पतालमा अहिले नेपाल सरकारतर्फबाट १०८ को दरबन्दी स्वीकृत भएकोमा ३७ को मात्र पदपूर्ति हुँदा ७१ जनाको पद रिक्त रहेको छ । यस्तै अस्पताल विकास समितिबाट ४२ जनाको पद स्वीकृत रहेकोमा ३४ जनाको पदपूर्ति भई आठ जनाको पद रिक्त रहेको छ । अस्पतालमा अहिले अन्य कर्मचारी भनेर करारमा ४५ जना र ज्यालादारीमा सात जना कर्मचारी कार्यरत छन् ।
बीस जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ तर अहिले अस्पतालमा छात्रवृत्ति करारबाट एक जना र अस्पताल विकास समितिबाट एकजना गरी करारमा तीन जना मात्र विशेषज्ञ चिकित्सक छन् । त्यस्तै अस्पतालमा १९ जना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा हालसम्म नौ जना नेपाल सरकारको तर्फबाट र एक जना करारमा गरी जम्मा १० जना मात्र रहेका थिए ।
त्यसमध्ये छ जना अध्ययन तथा असाधारण बिदामा रहेको अस्पतालले जानकारी दिएको छ । बाँकी रहेका चारमध्ये पनि तीन जनाको समायोजनपछि अस्पतालमा अहिले एक जना मेडिकल अफिसरमात्र रहेको अस्पतालका सूचना अधिकारी पन्त बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५
