काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारलगायतका विषयलाई माग राखी पटक पटक अनशन बस्दै आएका डा. गोविन्द केसीले आगामी १३ कात्तिकबाट पुनः अनसन बस्ने चेतावनी दिएका दिएका छन् । माग पूरा गर्न ८ कात्तिकसम्मको अल्टिमेटम दिएका डा. केसीले तोकिएको समयावधिभित्र माग पूरा नभए १३ कात्तिकबाट अनसन बस्ने भएका हुन्
शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार पत्रकार सम्मेलन गरी डा. केसीले विगतका अनसनका क्रममा धेरै सम्झौता भएको तर कार्यान्वयन नभएको बताए ।
डा. केसीले विशेषगरी चिकित्सा क्षेत्रमा सुधार, अबैध शुल्क लिने निजी मेडिकल कलेजका सञ्चालकलाई कारबाही, नियुक्ति प्रणालीमा दलीय भागबण्डा अन्त्य, विभिन्न आयोगले दोषी ठहर्याएकालाई कारवाहीलगायतका माग राखेका छन् ।
डा. केसी यसअघि धेरैजसो त्रिवि शिक्षण अस्पतालमै अनसन बस्ने गर्थे । तर अहिले उनले त्रिवि शिक्षण अस्पतालको सेवाबाट अवकास पाइसकेका छन् । उनले अब कहाँ अनशन बस्छन् भन्नेबारे स्पष्ट पारेका छैनन् । आफू नेपाली नागरिक भएकाले नेपालको जुनसुकै स्थानबाट अनशन बस्नसक्ने उनको भनाइ छ ।
(Visited 2 times, 2 visits today)
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५

