जनस्वास्थ्य सरोकार, काठमाडौँ २७ असोज । स्तन क्यान्सर महिलाहरूमा सबभन्दा धेरै देखिने निकै घातक क्यान्सर हो । स्तन क्यान्सरका कारण हुने मृत्युबाट बचाउन यसको निदान सुरुवाती चरणमै गर्नुपर्ने हुन्छ ।
कोलम्बियामा दृष्टिविहीन महिलाहरूलाई स्तन क्यान्सरका सङ्केतहरू खोज्ने काममा लगाइएको छ। दृष्टिविहीनहरूमा हुने विशेष स्पर्श क्षमताका आधारमा उनीहरूले क्यान्सरका गाँठा र तन्तुहरू पत्ता लगाउन सक्ने बताइएको छ।
कोलम्बियाकी लेइडी गार्सिया भन्छिन् –‘मेरा लागि मेरा हात नै आँखा हुन् । यिनकै सहयोगले हामी संसार कस्तो छ भनेर महशुस गर्न सक्छौँ ।’ उनी दृष्टिविहिन मेडिकल ट्याक्टाइल परिक्षक हुन् । कोलम्बियामा स्तन क्यान्सरका लक्षण पत्ता लगाउन उनलाई तालिम दिइएको छ ।
यो शैली जर्मनका स्त्रीरोग विशेषज्ञ डा. फ्र्याङ्क हफम्यानले प्रचलनमा ल्याएका हुन् । दृष्ट्रिविहिनहरुको तिव्र स्पर्श क्षमता हुने भएकाले यो प्रविधि प्रयोग गरिएको जनाइएको छ ।
मेडिकल ट्याक्टाइल परिक्षक लेइडी गार्सिया थप्छिन् –‘मेरो स्पर्श क्षमताको आधारमा मेरा औँलाका टुप्पाहरुको प्रयोग गरेर मैले अरु महिलालाई सहयोग गर्न सक्छु ।’ महिलाका स्तनमा रहेका गाँठाहरु र तन्तुमा आएको परिवर्तन स्पर्शबाट थाहा पाउन सकिन्छ । उनका अनुसार स्तन परिक्षण गरिन्छ । छोएर महशुस गरेर लम्प र गाँठाहरु खोजिन्छ । जर्मनीमा विकास गरिएको नयाँ प्रविधि प्रयोग गरिँदै आएको छ ।
सम्पुर्ण स्तनमा टेप टाँस्दै टाँस्दै हरेक सेन्टिमिटरमा जाँच गरिन्छ । ताकि सबै ठाउँको राम्रोसँग जाँच गर्न सकियोस् । यदि गाँठो भेटियो भने डाक्टरसँग भेट्ने समय मिलाइन्छ । त्यसपछि डाक्टरले उपचार पद्धतिबारे निर्णय गर्छन् ।
स्यान जुआन डे डी ओस हस्पिटलका डाक्टर लुइ एल्बर्टो ओलेभ अनुसार एकजना तालिमप्राप्त डाक्टरले १ सेमिका गाँठाहरु पत्ता लगाउन सक्छन् । उनी भन्छिन् –‘हामीले के थाहा पायौँ भने दृष्टिविहिन महिलाहरुमा ०.८ सेमीका गाँठा पनि पत्ता लगाउन सक्ने क्षमता रहेछ ।’ उनका अनुसार केही मिलीमिटरको मात्रै गाँठा पत्ता लगाउन सक्नुले पनि धेरै महत्व राख्दछ । जसले गर्दा बिरामीको छिटो उपचार हुन सक्दछ । एजेन्सी
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
क्यान्सरविरुद्धको रणनीति कागजमै सीमित
शुक्रबार, वैशाख ११, २०८३
युवावस्थामै क्यान्सरः अनुभूति होइन, डाटाले देखाएको गम्भीर संकट
बिहीबार, वैशाख १०, २०८३
क्यान्सर उपचारमा नर्सिङ नेतृत्व
बिहीबार, वैशाख १०, २०८३
बाल क्यान्सरका पाँच ठूला भ्रम र वैज्ञानिक यथार्थ
बुधबार, वैशाख ९, २०८३
भक्तपुर क्यान्सर हस्पिटलमा उन्नत क्यान्सर परीक्षण
बुधबार, वैशाख ९, २०८३ट्रेन्डिङ

