काठमाडौँ, असोज २७ गते । मानव शरीरलाई घात गर्ने तत्व (एन्टिबडी) निकाल्ने थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज प्रक्रिया अब नेपालमै सम्भव भएको छ ।
नेपाल मेडिसिटी अस्पतालले मिर्गौला, मुटु र फोक्सोमा समस्या देखिएका एक ३३ वर्षीय पुरुष बिरामीको सफल उपचार गरेपछि यो उपचार प्रक्रिया सम्भव देखिएको हो ।
रगतमा हुने तरलता र रक्तकोशबाट प्रोटिन निकाली अर्को प्लाज्मा राख्ने यो प्रक्रियाका लागि करीब दुई घण्टा लागेको थियो । मिर्गौला, छाती, मस्तिष्क, नशा, फोक्सो, सेप्सिस, इन्डोक्राइनका बिरामी केही हदसम्म अब यो आधुनिक पद्धतिबाट लाभान्वित हुनेछन् ।
उक्त अस्पतालका सघन उपचारकक्ष विभाग प्रमुख डा दिप्तेश अर्यालका अनुसार नवीनतम उपकरणको सहायताबाट मानव शरीरलाई नचाहिने रगतलाई छानेर बाहिर निकालिनेछ । त्यसबाट बिरामीले छिटो र सुलभ उपचार सेवा प्राप्त गर्नेछन् ।
यो प्रविधिको प्रयोगबाट उपचार गरिँदा औषधिको तुलनामा निकै कम खर्चिलो र बिरामीका लागि निकै लाभदायक हुने उहाँ बताउनुहुन्छ । उक्त अस्पतालमा सफल भएको थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज कम्तीमा तीनदेखि पाँचपटकसम्म गर्नुपर्ने हुन्छ । औषधिको प्रयोगभन्दा यो प्रविधिबाट उपचार गराउँदा बिरामीलाई लाग्दै आएको आर्थिक भारमा आधा कम हुने पनि डा अर्यालले जानकारी दिनुभयो । अस्पतालका ब्लड बैंक इञ्चार्ज बिपुल गौतमका अनुसार थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज प्रक्रिया एफेरेसिस उपकरणबाट सम्भव भएको हो ।

प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
१५ मिनेटमै मानिसलाई धुने–सुकाउने मिराइ ह्यूमन वासिङ मेसिनः जापानको भविष्यवादी आविष्कार
बिहीबार, मंसिर १८, २०८२
स्वास्थ्यसेवा बदल्ने सपनाः वंशीराम श्रेष्ठको दृष्टिबाट सुरु भएको यात्रा
सोमबार, जेठ २६, २०८२
अटोइम्युन रोग स्क्रिनिङमा गोल्ड स्टैण्डर्ड भ्यालिडिटेड ‘आईएफए’ प्रविधि
सोमबार, चैत २५, २०८१ट्रेन्डिङ