
जनस्वास्थ्य सरोकार, काठमाडौँ असोज २९ । ‘मानव र पृथ्वीलाई सँगै पोषित गर्दै’ भन्ने नाराका साथ पोषण विस्तार अभियानअन्तर्गतको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।
आगामी कात्तिक १८ देखि २१ गतेसम्म चल्ने सो सम्मेलनमा विश्वका एक हजारभन्दा बढी सहभागीले न्यूनपोषण र मोटोपनसहित कुपोषण अन्त्य गर्न विश्वभरि भइरहेका प्रयासबारे छलफल गर्नेछन्।
नेपाल सरकार र सन मुभमेन्टको संयुक्त आयोजनामा हुने सम्मेलनमा ८० भन्दा बढी मुलुकका प्रतिनिधि सहभागी हुनेछन्। त्यस्तै संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुख र क्षेत्रीय संगठन, नागरिक समाज, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिको पनि सम्मेलनमा सहभागिता रहने राष्ट्रिय योजना आयोगले जनाएको छ।
सम्मेलनले मानव र पृथ्वीलाई नै सुपोषित गर्ने रूपान्तरणकारी सरकारी प्रतिबद्धतालाई कार्यान्वयन गर्न सघाउ पुर्याउने विश्वास गरिएको छ। सम्मेलनले पोषणको क्षेत्रमा काम गर्ने प्रमुख सरोकारवालालाई एक ठाउँमा ल्याई सबै प्रकारका कुपोषणलाई इतिहासमा सीमित गर्दै दिगो विकास लक्ष्य प्राप्तितर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान गर्ने आयोगका प्रवक्ता डा. किरण रूपाखेतीले जानकारी दिए।
सन् मुभमेन्टको शुरुआती चरणको सदस्यकै रूपमा सन् २०११ मा सहभागी भएपछि नेपालले कुपोषण घटाउने कार्यमा उल्लेख्य प्रगति हासिल गरेको छ।
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
आइतबार, साउन १०, २०८३
मापदण्डविपरीत सञ्चालन भएका दुई अस्पताल र एक हेल्थ केयर सिल
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ

