किशोरावस्थाका दौरान तीव्र गतिमा शारीरिक विकास त हुन्छ नै पढाइ र करिअरको प्रेसरले गर्दा उनीहरू दैनिक भागदौडको अवस्थामा समेत हुन्छन् । त्यसैले, किशोर–किशोरीको शारीरिक तथा मानसिक विकास गर्न पोषणयुक्त आहार जरुरी छ । यद्यपि, आजभोलि धेरैलाई फास्टफुड खाने बानी परिसकेको छ । फास्टफुड खानु कतिपय अवस्थामा बाध्यता पनि हुने गर्छ । यस्ता खाद्यपदार्थले पेट त भर्छ । तर, किशोरावस्थाका व्यक्तिको समग्र विकासका लागि आवश्यक पोषण यसमा धेरै कम हुन्छ । यसरी फास्टफुडमा निर्भर रहँदा उनीहरूको शारीरिक वा मानसिक विकास प्रभावित हुन सक्छ । यसर्थ, हामीले किशोरावस्थाका व्यक्तिले आहारमा समावेश हुनुपर्ने केही अनिवार्य पोषण तत्वहरुको फेहरिस्त तयार पारेका छौँ ।आयोडिन गर्भवती, बच्चालाई जस्तै किशोर–किशोरीका लागि पनि आयोडिनको सही मात्रा पुग्न जरुरी छ । आयोडिनयुक्त नुनसँगै गोलभेडा, पालक, अन्डा, आलुलगायत खाद्यान्नमासमेत यसको सही मात्रा भेटिने भएकाले यी पदार्थ खान जरुरी छ । फ्याट हाम्रो मस्तिष्क एक फ्याटी अंग हो । तसर्थ, टिनएजर्सको डाइट प्लानमा फ्याट जरुरी हुन्छ । त्यसैले, मेवा, घिउ तथा तिलको तेललाई आफ्नो डाइट प्लानमा समावेश गर्नु उपयुक्त हुन्छ । कार्बोहाइड्रेट केही अध्ययनका अनुसार बिहान नास्ता नलिने विद्यार्थी आफ्नो कक्षामा दिक्क भएर बसेको हुन्छ । यस्तो अवस्थाले इनर्जी लेभल घटाउँछ र दिमाग सुस्त बनाउन सक्छ । त्यसैले डाइटमा अन्न, फल बीज आदि समावेश गर्नु जरुरी छ । यसले ग्लुकोजका रूपमा दिमागको इन्धनको पहिलो स्रोतको रूपमा काम गर्छ । जिंक नसा र ब्रेन सेल्सबीच सञ्चार सम्बन्ध कायम राख्नका लागि जिंक महत्वपुर्ण हुन्छ । शरीरमा यसको कमी भयो भने बौद्धिक क्षमतामा विपरीत असर पर्न सक्छ । किशोरावस्थामा दिमागको सबैभन्दा धेरै प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले किशोर–किशोरीको डाइटमा बदाम, लसुन, बिउ, तिल तथा अन्डालगायत समावेश गर्नुपर्ने हुन्छ । भिटामिन बी शरीरको नर्भ सेल्सलाई दुरुस्त राख्न भिटामिन बी–९ र बी १२ को महत्वपुर्ण भूमिका हुन्छ । शरीरमा यसको कमी भयो भने सप्लिमेन्ट लिन आवश्यक हुन्छ । मांसाहारी खानामा प्रचूर मात्रामा यो उपलब्ध हुन्छ । ०आइरन जब शरीरमा आइरनको कमी हुन्छ । तब पढाइमा मन लाग्दैन र थकानले सताउँछ । आइरनले दिमागको विकास गर्न र स्वस्थ्य राख्नका लागि महत्वपुर्ण भूमिका खेल्छ । यसबाट डोपामाइनजस्तो महत्वपूर्ण हर्मोन रिलिज हुन्छ । डोपामाइनले दिमागलाई खुसी राख्ने काम गर्छ । आइरन प्राप्त गर्न किशोर–किशोरीले आफ्नो डाइटमा हरियो सागसब्जी समावेश गर्नुपर्छ । एजेन्सी
तौल घटाउन मह कति उपयोगी ? जान्नुहोस् सेवन गर्ने सही तरिका
बुधबार, भदौ ३, २०८३
फिट रहन चाहनेहरूले यी खानेकुराबाट टाढा रहन सुझाव
बिहीबार, साउन २१, २०८३
तौलको भारः अब मलाई सुन्दर देखिनु होइन, स्वस्थ रहन आवश्यक छ
बुधबार, जेठ १४, २०८२
चेस्टको एक्सरसाइज कसरी गर्ने ?
मंगलबार, चैत २६, २०८१
