एक्सरसाइजले मानिसलाई स्वस्थ बनाउँछ । यसले पेट घटाउन, बढाउन, हातको मसल घटाउन–बढाउन मद्दत गर्छ । शरीरका सबै भागलाई कसरतका माध्यमले आफूले खोजेको आकारमा घटाउन/बढाउन सकिन्छ । शरीरको एक्सरसाइजमध्ये एक छाती (चेस्ट)को एक्सरसाइज पनि हो । चेस्ट कसरी बनाउने भन्ने अब जानौँ : शरीरको एक्सरसाइजमा चेस्टको एक्सरसाइज पनि महत्वपूर्ण मानिन्छ । चेस्ट एक्सरसाइज गर्दा हामीले पहिला शारीरिक व्यायाममा ध्यान दिनुपर्छ । चेस्ट आकर्षक सेपमा ल्याउनका लागि पुसअप, बेन्च फ्रेस, क्लाइन्ट प्रेस, डिक्लाइन्ट प्रेस, बटरफ्लाई, डम्बेलजस्ता कसरतहरू क्रमशः गर्नुपर्छ । एक्सरसाइज गर्दा डाइटमा पनि ध्यान दिनुपर्छ । बजारमा थुप्रै डाइट पाइन्छ । तर, सकभर नेचुरल डाइट खाँदा नै उपयुक्त हुन्छ । धेरै फ्याट हुने खानेकुरा खानुहुँदैन । जस्तै, मैदाबाट बनेका खानेकुरा, आलुलगायतका खानेकुरा नखाई बोयल खानेकुरा खानुपर्छ । एजेन्सी
तौल घटाउन मह कति उपयोगी ? जान्नुहोस् सेवन गर्ने सही तरिका
बुधबार, भदौ ३, २०८३
फिट रहन चाहनेहरूले यी खानेकुराबाट टाढा रहन सुझाव
बिहीबार, साउन २१, २०८३
तौलको भारः अब मलाई सुन्दर देखिनु होइन, स्वस्थ रहन आवश्यक छ
बुधबार, जेठ १४, २०८२
चेस्टको एक्सरसाइज कसरी गर्ने ?
मंगलबार, चैत २६, २०८१
