
दीपिका पादुकोण बलिउड चलचित्र उद्योगकी महँगी नायिकामध्येकी एक हुन् । तीनपटक फिल्मफेयर अवार्ड जितिसकेकी उनी प्रतिभाशाली अभिनेत्री मानिन्छिन् । दीपिकालाई अमेरिकाको टाइम म्यागेजिनले सन् २०१८ का सय प्रभावशाली व्यक्तिमा समावेश गरेर यसको पुष्टि गरिसकेको छ । यसले देखाउँछ, बौद्धिकता, सुन्दरता र अभिनयको क्षेत्रमा उनी विश्वभर छाएकी छिन् । अब जानौँ, उनको फिटनेस राज : सन्तुलित भोजन दीपिकाले खानपानमा निकै ध्यान दिने गरेकी छिन् । स्लिम रहन उनी फास्टफुड, जंक फुड र अस्वस्थ खानेकुराबाट सकेसम्म टाढा रहन्छिन् । उनको खानामा मौसमी फलफूल, सागसब्जी, फाइबर, प्रोटिन, खनिज र एन्टिअक्सिडेन्डयुक्त पदार्थ समावेश गरिएको हुन्छ । जसले तौल कम गर्न र स्वस्थ रहन मद्दत गर्ने उनको विश्वास छ । खानामा प्रायः उनी माछा, अन्डा, स्न्याक्स आदि लिन्छिन् । साथै, पलफूलको जुस, नरिवलको पानी, बटरमिल्कसँगै प्रशस्त पानी पनि पिउँछिन् । समय–समयमा खाना खाइरहने बानीले उनलाई स्वस्थ राख्न सहयोग पु-याएको छ । बिहानको खाजा र खानामा फलफूल अनिवार्य समावेश गर्छिन् । त्यस्तै, रातको समयमा हलुका खानेकुरा खाने गर्छिन, जसमा सकेसम्म मासुजन्य पदार्थ र भात समावेश हुँदैन ।
जिम पछिल्ला दुई वर्षदेखि दीपिका लगातार जिम गइरहेकी छिन् । गत वर्ष उनले अभिनेता रणवीर सिंहसँग विवाह गरिन् । बिहेको चटारोका कारण जिमका लागि समय नपुगेकाले पछि उनले धेरै समय फिटनेस वर्कआउटमा खर्चनुपरेको थियो । सोहीकारण, हाल उनी नियमित कार्डियो एक्सरसाइज र वेट लिफ्टििङ ट्रेनिङ गरीरहेकी छिन् । यसले उनलाई स्लिम र फिट रहन मद्दत पु-याइरहेको छ । नृत्य आफूलाई फिट राख्न दीपिका सधैँ नृत्य गर्ने गर्छिन् । ज्याज, भरतनाट्यम्, कथ्थक आदि नृत्य उनको रोजाइमा पर्ने गर्छ । उनले नृत्य तालिम पनि लिने गरेकी छिन् । नृत्य गर्दा शरीरमा रहेको अतिरिक्त क्यालोरी खपत हुने उनको मान्यता छ । योग दीपिका हरेक बिहान योग गर्छिन् । यसले उनलाई दिनभर सक्रिय र तनावमुक्त रहन मद्दत गर्छ । उनी योगमा सूर्य नमस्कार, मार्जरी आसन, वीरभद्रासन, सर्वांगासन, प्राणायाम गर्छिन् । यस्ता योगले शरीरमा रहेका विषाक्त वस्तु बाहिर निस्कने उनको विश्वास छ । पाइलेट्स एक्सरसाइज दीपिका पाइलेट्स फिटनेस तालिम गर्न मन पराउँछिन् । उनको बुझाइमा पाइलेट्स शरीरलाई लचिलो बनाउने अद्भूत तरीका हो । जसले फिगरलाई आर्कषक बनाउँछ । उनी पाइलेट्समा जम्पिङ सिरिज गर्ने गर्छिन् । जुन कार्डियो र पाइलेट्सको मिश्रण हो । यो तौल घटाउन र फिटनेस कायम गर्न प्रभावकारी हुन्छ । एजेन्सी
तौल घटाउन मह कति उपयोगी ? जान्नुहोस् सेवन गर्ने सही तरिका
बुधबार, भदौ ३, २०८३
फिट रहन चाहनेहरूले यी खानेकुराबाट टाढा रहन सुझाव
बिहीबार, साउन २१, २०८३
तौलको भारः अब मलाई सुन्दर देखिनु होइन, स्वस्थ रहन आवश्यक छ
बुधबार, जेठ १४, २०८२
चेस्टको एक्सरसाइज कसरी गर्ने ?
मंगलबार, चैत २६, २०८१
