नेपालमा आन्द्राको क्यान्सरका बिरामी बढिरहेका छन् । पेटमा हुने क्यान्सरमध्ये आमाशय र ठूलो आन्द्राको क्यान्सर धेरैमा देखिने समस्या हो । सामान्यतया कोलम र रेक्टम आन्द्राको तलतिरको भाग हो, जसलाई ठूलो आन्द्रा भनिन्छ ।कारण उमेर बढ्दै जानु आन्द्राको क्यान्सरको प्रमुख कारण मानिन्छ । सामान्यतया ५० वर्षभन्दा माथिका व्यक्तिमा क्यान्सरको सम्भावना बढी हुने गर्छ । तर, पछिल्लो समय युवा उमेरमै आन्द्राको क्यान्सर देखिन थालेको छ । वंशाणुगत गुणबाट पनि आन्द्राको क्यान्सर हुन सक्छ । परिवारका कुनै सदस्यमा आन्द्राको क्यान्सर भएमा सन्तानमा पनि क्यान्सर हुने सम्भावना रहन्छ । अस्वस्थ खानपान क्यान्सरको अर्को कारण मानिन्छ । अत्यधिक रातो मासु सेवनले क्यान्सरको जोखिम बढाउँछ । त्यस्तै, हिजोआज तरकारी तथा फलफूलमा अत्यधिक मात्रामा कीटनाशक औषधि वा केमिकलको प्रयोग हुने गर्छ । जसले गर्दा समेत स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको हुन्छ । मोटोपनाले गर्दा पनि आन्द्राको क्यान्सर हुन सक्छ । आन्द्राको क्यान्सर भएमा सामान्य लक्षण मात्रै देखापर्छन् । जसले गर्दा सुरुवातीको चरणमै क्यान्सर भएको थाहा पाउन गाह्रो हुने गर्छ । कसरी थाहा पाउने ? एडिनोमाबाट भएको आन्द्राको समस्या बिस्तारै क्यान्सरमा परिणत हुने गर्छ । समयमै समस्या पत्ता लागेमा यसबाट जोगिन सकिन्छ । आन्द्राको क्यान्सर भएमा सामान्य लक्षण मात्रै देखापर्छन् । जसले गर्दा सुरुवातीको चरणमै क्यान्सर भएको थाहा पाउन गाह्रो हुने गर्छ । ५० वर्ष पार गरेका व्यक्तिमा यस्तो समस्या धेरै देखिने गर्छ । ती व्यक्तिले स्क्रिनिङ गरेर आफ्नो स्वास्थ्य स्थिति ठीक भए÷नभएको पत्ता लगाउन सक्छन् । कालो दिसा, भोक कम लाग्ने, दुब्लाउँदै जाने, पेट दुख्नेजस्ता समस्या यसका लक्षण हुन् । आन्द्राको माथिल्लो भागमा क्यान्सर भएमा रगतको कमी हुने, आन्द्रा बन्द भएर पेट सुन्निने, कमजोरीपन देखिने समस्या आउँछ । कतिपयमा क्यान्सरले गर्दा आन्द्रा फुट्ने हुन्छ । क्यान्सरको सुरुको चरणमा कब्जियत हुने वा पखाला लाग्ने, दिसामा रगत देखिने हुन्छ । क्यान्सर जटिल हुँदै गएपछि आन्द्रा बन्द हुने, पेट सुन्निने, बान्ता हुने, अत्यधिक रक्तश्राव हुने समस्या देखिन्छ । रोकथाम र उपचार मोटोपन भएका व्यक्तिमा क्यान्सरको जोखिम धेरै रहने भएकाले तौल नियन्त्रण आवश्यक छ । त्यस्तै, दैनिक एक्सरसाइज रोकथामको प्रभावकारी उपाय हो । स्वस्थ खानपानमा ध्यान दिनुपर्छ । फाइबर, प्रोटिन, काब्र्रोहाइडेट पर्याप्त मात्रामा पाइने खाना मात्रा मिलाएर खान आवश्यक छ । प्रभावित अंग र समस्या कुन चरणमा छ भन्ने आधारमा फरक– फरक ढंगले आन्द्राको क्यान्सरको उपचार हुने गर्छ । शल्यक्रियाको माध्यमबाट प्रभावित अंग निकालेर उपचार गरिन्छ । तर, क्यान्सर जटिल चरणमा पुगिसकेको अवस्थामा किमोथेरापीबाट उपचार गरिन्छ । ननक्युरेटिभ स्टेजमा पुगिसकेपछि उपचार गर्न सकिँदैन । तर, रेडियोथेरापी, किमोथेरापी र शल्यक्रियाबाट समस्या नियन्त्रण गर्न सकिन्छ । (ग्यास्ट्रो इन्टेस्टाइनल सर्जन डा. सुरेन्द्र शाह कान्तिपुर अस्पतालमा कार्यरत हुनुहुन्छ ।)
क्यान्सरविरुद्धको रणनीति कागजमै सीमित
शुक्रबार, वैशाख ११, २०८३
युवावस्थामै क्यान्सरः अनुभूति होइन, डाटाले देखाएको गम्भीर संकट
बिहीबार, वैशाख १०, २०८३
क्यान्सर उपचारमा नर्सिङ नेतृत्व
बिहीबार, वैशाख १०, २०८३
बाल क्यान्सरका पाँच ठूला भ्रम र वैज्ञानिक यथार्थ
बुधबार, वैशाख ९, २०८३

