उपत्यका भित्रिने प्रमुख नाका थानकोटबाट लागुऔषधसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
पक्राउपर्नेमा पर्सा जगरनाथपुर– ३ विजवनीयाका रामेश्वर साह, पर्सा सुवर्णपुर– ४ का रोज राना र सर्लाही हरिओन – ९ का प्रदीप यादव रहेका छन् ।
महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले लागुऔषध लिएर काठमाडौँ आउँदै गरेको अवस्थामा छुटाछुट्टै बसबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले साह र रानालाई वीरगन्जदेखि बनेपा आउँदै गरेको ना ४ ख १९५१ नम्बरको बसबाट साह र रानालाई तथा ना ४ ख ७१९० नम्बरको बसबाट यादवलाई पक्राउ गरेको हो ।
साहको साथबाट ११४ एम्पुल फेनार्गन, ४६ एम्पुल डाइजेल्याब, रानाबाट एक हजार ४९८ थान नाइट्राजेपाम ट्याब्लेट र यादवबाट १९२ थान ट्रमाजोल ट्याब्लेट पक्राउ गरेको प्रभागका प्रमुख एवम् प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले राससलाई जानकारी दिनुभयो ।
प्रभागले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, असार १६, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
