जनस्वास्थ्य सरोकार, काठमाडौँ । धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा न्युरो इन्टरभेन्सन (शल्यक्रिया नगरी गरिने उपचार) पद्धतिबाट ब्रेन एन्युरिजमको सफल उपचार गरिएको छ । २० वर्षीया महिलाको एन्युरिजमको सफल उपचार गरिएको अस्पतालले जनाएको छ ।
यसअघि शल्यक्रियामार्फत ब्रेन एन्युरिजमको उपचार हुँदै आइरहेको थियो । ह्याम्स अस्पतालले वरिष्ठ न्युरो सर्जन तथा न्युरोइन्टरभेन्सनल सर्जन डा. मनोज बोहराको टिमले नयाँ प्रविधिबाट एन्जुरिजमको उपचार गरिएको जनाएको छ । एन्जुरिजम मस्तिष्कको रगतको नली फुलिएर बेलुन जस्तो हुने रोग हो । जुन फुटेमा ब्रेन ह्यामरेज (मस्तिष्क घात) भएर बिरामी अशक्त हुने तथा ज्यानै जानसक्ने खतरा हुन्छ । डा.बोहराका अनुसार नेपालमा अत्यन्तै नौलो उपचार पद्धतीका रुपमा शुरु भएको न्यूरो इन्टरभेन्सनबाट मस्तिष्कमा एन्युरिजमको अतिरिक्त स्ट्रोक (पक्षघात) को पनि उपचार गर्न सकिन्छ । स्ट्रोकको उपचारमा हात वा खुट्टाको रक्तनलीबाट विभिन्न किसिमका तारहरुको माध्यमबाट मस्तिष्कमा बन्द भएको रक्तनलीमा पुर्याइन्छ र त्यसपछि स्टेन्ट तथा अन्य तरिकाले अवरुद्ध गर्ने क्लटलाई बाहिर निकाली पुनः रक्तसञ्चार गरिन्छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
डा. उज्ज्वललाई २३ प्रश्न
आइतबार, माघ २५, २०८२
नेपालमा रोबोटिक सर्जरीको उदय
शुक्रबार, माघ २३, २०८२
१५ मिनेटमै मानिसलाई धुने–सुकाउने मिराइ ह्यूमन वासिङ मेसिनः जापानको भविष्यवादी आविष्कार
बिहीबार, मंसिर १८, २०८२
स्वास्थ्यसेवा बदल्ने सपनाः वंशीराम श्रेष्ठको दृष्टिबाट सुरु भएको यात्रा
सोमबार, जेठ २६, २०८२ट्रेन्डिङ

