बालबालिका र किशोर अवस्थामा देखिने क्यान्सरलाई वाल्यावस्थाको क्यान्सर भनिन्छ । यस्ता क्यान्सर धेरै प्रकारका हुन्छन् जस्तैः ल्यूकेमिया (ब्लड क्यान्सर), लिम्फोमा आदि । प्राय बालबालिकालाई रक्त क्यान्सर बढी लाग्ने पाइएको छ । यी बाहेक विभिन्न अङ्ग र तन्तुहरु लिम्फ नोड, स्नायु प्रणाली, माँसपेशी, हड्डी र छालामा पनि क्यान्सर हुन सक्दछ ।
लक्षण शरीरमा रगतको कमी भई सेतो देखिनु, शरीरमा देखिने वा नदेखिने गरी रगत बग्नु, रातो दाग अथवा डाबर आउनु, हड्डी वा जोर्र्नी दुख्नु, ज्वरो आउनु, लामो समय सम्म खाकी लाग्नु, स्वाँ स्वाँ हुनु, तौल घट्दै जानु, शरीर वा अनुहार सुनिनु, चाँडै गल्नु, आलश्य हुनु, झोक्राउनु, रिङ्गटा लाग्नु, शरीर सन्तुलन कायम गर्ने क्षमता गुमाउनु, पेट फुल्नु, शरीरको कुनै अङ्ग वा भाग सामान्य भन्दा ठूलो हुनु, कुनै कारण बिना अधिक पसिना आउनु, आखाँमा परिवर्तन आउनु जस्तै सेतो नानी, डेंडो हुनु, सुन्निनु, दृष्टि गुमाउनु, टाउको दुख्नु र विहानीपख वान्ता हुनु आदी बालबालिकाहरुमा लाग्ने क्यान्सरका मुख्य लक्षणहरु हुन । वाल्यवस्थामा लाग्ने क्यान्सरका प्रकार -ल्युकेमिया - मस्तिष्क र अन्य स्नायुका ट्यमर -न्यूरोब्लास्टोमा - विल्मस ट्यमर - लिम्फोमा - राब्डोमायोसार्कोमा - रेटिनाब्लाष्टोमा - हड्डीको क्यान्सर कारण वाल्यावस्थामा लाग्ने क्यान्सरको ठोस कारण अझै पत्ता लगाउन सकिएको छैन । वयस्क मानिसलाई जस्तो जीवनशैली र वातावरणले बाल्यवस्थामा हुने क्यान्सरलाई प्रभाव पारेको हुँदैन । शरीरको कोषिका भित्र भएका डी.एन.ए.मा अचानक असामान्य परिवर्तन आएमा बालबालिकालाई क्यान्सर लाग्न सक्छ ।
८ प्रतिशत बालबालिकाहरुमा आनुवंशिक कारण पाइएको छ ।
उपचार वाल्यावस्थामा लाग्ने क्यान्सरलाई सामान्यतया शल्यक्रिया, केमोथेरापी र विकिरण थेरापीबाट उपचार सकिन्छ । बालबालिकामा क्यान्सरको अवस्था (स्टेज) हेरेर कुनै उपचार पद्घति अपनाउन सकिन्छ । उपचार अवधि भने क्यान्सरको प्रकार र अवस्थाले निर्भर गर्दछ । समयमै क्यान्सरको उपचार नगरे यसले मस्तिष्क, मुटु, मिर्गाैला लगाएतका अन्य अंगमा पनि असर पुर्याउन सक्दछ ।
नेपालमा क्यान्सर सम्बन्धी सम्पूर्ण उपचार र बिशेषज्ञ चिकित्सकहरु उपलब्ध छन् । उपचारका लागि विदेश जानुपर्ने अवस्था छैन । समयमै क्यान्सर पहिचान भए ७० देखी ८० प्रतिशत सम्म बालबालिकामा लाग्ने क्यान्सर रोग निको पार्न सकिन्छ । त्यसैले बालबालिकामा कुनै पनि असाधारण लक्षण देखिनासाथ तुरुन्त चिकित्सकसँग जाँच गराइहाल्नुपर्दछ ।
(बाल क्यान्सर रोग विशेषज्ञ डा. पण्डित हाल हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत हुनुहुन्छ ।)
नेपालमै सुरु हुँदै कार–टी सेल थेरापीः क्यान्सर उपचारमा नेपालको ऐतिहासिक फड्को
आइतबार, असार २८, २०८३
भक्तपुर क्यान्सर अस्पतालमै तीन दिनभित्र बायोप्सीदेखि आईएचसीसम्मको रिपोर्ट
शुक्रबार, असार १२, २०८३
मधेश प्रदेशमा भक्तपुर क्यान्सर हस्पिटलद्धारा पाठेघरको मुख र स्तन क्यान्सर स्क्रिनिङ
सोमबार, वैशाख २८, २०८३
नेपालमा क्यान्सरको वास्तविक चित्र
मंगलबार, वैशाख २२, २०८३
