२०६४ साल साउनको अन्तिम हप्ता भारतको एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाले करिब १२ वर्ष जति धान्यो । गत २०७६ भदौ तिर मिर्गौलामा समस्या हुन थालेपछि सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उहाँको दुई हप्ताजति प्लाज्मा फेरेसिस गरिएको थियो । शरीरले अर्काको मिर्गौला भन्ने पहिचान गरेपछि एन्टिबडिज बनाउन थाल्ने भएकाले शरीरबाट एन्टिबडिज हटाउन ‘प्लाज्मा फेरेसिस’ गरिन्छ । यसलाई प्लाज्मा एक्सचेञ्ज पनि भनिन्छ ।
आरबीसी, डब्लुबीसी, प्लेटलेट्स र प्लाज्माजस्ता रक्त कम्पोनेन्टहरुलाई आवश्यकताका आधारमा छुट्याने र बाँकी रगत शरीरभित्र पठाउने प्रविधिलाई एफेरेसिस भनिन्छ । यसले शरीरलाई हानी गर्ने रगतको कम्पोनेन्ट निकाल्न र एक्सचेञ्ज गर्न मद्धत गर्छ । यो शरीरमा रगत ट्रान्सफ्युजन गर्ने नयाँ प्रविधि हो । यो प्रविधि नेपालमा उपलब्ध छ । नेपाल मेडिसिटी, त्रि.बि.शिक्षण अस्पताललगायतका कतिपय ठाउँहरुमा प्लाज्मा एक्सचेञ्ज भइरहेको छ ।
नेपालमा जर्मनी कम्पनि फ्रिसिनियस कावीको कम टेक (मल्टि प्रोस्युडर एफेरेसिस प्लेटफर्म) को मेसिन धेरै प्रचलनमा आएको छ । यो मेसिन नेपालमा हिमालयन मेडिटेक प्रा.लि.ले बजारीकरण गरिरहेको छ ।
यो प्रविधिमा दाताको शरीरबाट रगत निकाल्ने, रगतबाट आवश्यक कम्पोनेन्ट छुट्याउने, ट्रिटमेन्ट गर्ने र बाँकी रगत शरीर भित्र पठाइन्छ । यसका साथै यो मेसिनले शरीरलाई हानी गर्ने रगतको कम्पोनेन्ट निकाल्न र एक्सचेञ्ज गर्न मद्धत गर्छ ।
अहिले पनि दाताहरुको शरीरबाट रगत निकालेर ल्याबमा कम्पोनेन्ट छुट्याउनुपर्दथ्यो । यसका लागि धेरै दाताहरुको आवश्यकता पर्ने, हातले काम गर्दा संक्रमण हुनसक्ने, धेरै दाताहरुको रगतबाट कम्पोनेन्ट संकलन गर्नुपर्ने भएकाले कतिपय बिरामीको शरीरले स्वीकार नगर्ने, एलोइम्युनाइजेसन हुने जस्ता समस्या आउने गर्दथ्यो ।
कन्टिन्युअस सेन्ट्रीफ्युगल सेपरेसनको आधारमा रगतको कम्पोनेन्ट शरीर बाहिर छुट्टिने गर्छ । यो प्रविधिअन्तर्गत थेरापेटिक प्लाज्मा एक्सचेञ्ज, थेरापेटिक प्लाज्मा ट्रिटमेन्ट, डोनेसन तथा थेरापेटिक प्रोटोकल हुने गर्छ । कुनै पनि ब्यक्तिले रेड ब्लड कम्पोनेन्ट डोनेट गर्दा एक पटक दिइसकेपछि फेरि दिन ३ महिना कुर्नुपर्छ । तर यस मेसिनबाट एउटा डोनरले एक महिनामा ४ पटकसम्म प्लेटलेट दिन मिल्छ । क्यान्सरको बिरामी अस्पताल भर्ना गरेपछि उसलाई मल्टिलिटी प्लेटलेट ट्रान्सफ्युजन गर्नुपर्छ । ब्लड बैकबाट बन्ने रेन्डम डोनर प्लेटलेट हो । रेन्डम डोनर प्लेटलेटमा ८ देखि १० हजार डोनर प्लेटलेट बढाउँछ । रेन्डम डोनर प्लेटलेट पूर्तिका लागि ६ जना डोनरको आवश्यकता पर्छ । तर सिंगल डोनर प्लेटलेटले ४० देखि ५० हजार प्लेटलेट बढाउँछ । अनि यो मेसिनको राम्रो पक्ष के हो भने मेसिनले आवश्यकताका आधारमा रगतबाट प्लेटलेट लिन्छ र रगत पुनः शरीरभित्र पठाइदिन्छ । त्यसैले एउटा डोनरले महिनामा ४ पटक सम्म प्लेटलेट दिन मिल्छ । साइड इफेक्ट कम हुन्छ । एन्टिजेन र एन्टिवडि रियाक्सन कम हुन्छ । यो मेसिनबाट लिम्फोसाइड पनि निकाल्न मिल्छ । यो जनरल अस्पताललगायत आइसियुमा राखेका विरामीलाई पनि उपयोगी हुन्छ । यो लाइफ सेभिङ प्रोसेस भएकाले दक्ष जनशक्तिको जरुरत पर्छ ।
यो मेसिनबाट के के गर्न मिल्छ ?
- थेरापेटिक प्लाज्मा एवं प्लेटलेट्स र उपचार
- स्टेम सेल कलेक्सन
- प्लेटलेट डोनेसन
- मोनोन्युक्लियर सेल कलेक्सन
मेसिनको विशेषता
- प्रयोग गर्न सजिलो
- यस प्रविधिबाट एउटा व्यक्तिले महिनामा ४ पटक सम्म प्लेटलेट डोनेसन गर्न सक्छ । एक हप्तामा प्लेटलेट शरिरमा रि–जेनेरेट भइसक्छ ।
- धेरै डोनर (दाता) को जरुरत नपर्ने
- भेनिपंचर गरेको ठाउँमा क्लटिंग प्रिभेन्ट गर्ने
- मेसिनमा विभिन्न सेन्सर र अलार्म जडान गरिएको हुनाले एअर डिटेक्सन, कन्टिन्युअस एसिड साइटे«ट डेक्सट्रोस (एसिडी) आदिमा सेन्सर गरी अलार्म दिने
- यो मेसिनको व्याकअपमा ब्याट्रीको सुविधा छ । यसले बत्ति गएको बेला पनि काम गर्न सकिन्छ ।
- क्यान्सर रोग
- मिर्गौला रोग
- अटोइम्युन रोग
- प्याँक्रिटाइटिसमा कोलेस्टेरोल छान्न
- बोनम्यारो समस्या आदि ।
प्रकाशित मिति: सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य बजार
डा. उज्ज्वललाई २३ प्रश्न
आइतबार, माघ २५, २०८२
नेपालमा रोबोटिक सर्जरीको उदय
शुक्रबार, माघ २३, २०८२
१५ मिनेटमै मानिसलाई धुने–सुकाउने मिराइ ह्यूमन वासिङ मेसिनः जापानको भविष्यवादी आविष्कार
बिहीबार, मंसिर १८, २०८२
स्वास्थ्यसेवा बदल्ने सपनाः वंशीराम श्रेष्ठको दृष्टिबाट सुरु भएको यात्रा
सोमबार, जेठ २६, २०८२ट्रेन्डिङ

