जनस्वास्थ्य सरोकार, चितवन । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा ५० श्ययाको ‘भरतपुर कोरोना विशेष अस्पताल’ तयार गरिएको छ । अस्पतालको बहिरङ्ग सेवा तथा जनरल वार्ड आजबाट नै सञ्चालनमा आउनेछ । भरतपुर महानगरको अगुवाइमा छोटो अवधिमा नै अस्पतालको लागि आवश्यक उपकरण सहितको संरचना तयार गरिएको हो ।
महानगरपालिका प्रमुख रेनु दाहालले आजदेखि अस्पतालको सेवा शुभारम्भ हुने जानकारी दिनुभयो । अस्पतालमा परिचालन हुने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य सङ्गठनको निर्देशनअनुसार आवश्यक तालिमसमेत दिइएको छ ।
अस्पतालमा परिचालन हुने स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता र सुरक्षित पोशाकको व्यवस्था गरिएको उहाँले बताउनुभयो छ । कोरोनाको आशङ्का भएका बिरामीलाई मात्र यस अस्पतालमा राखिने छ । अस्पतालमा रहने बिरामी र स्वास्थ्यकर्मीका लागि आवश्यक खानादेखि इन्टरनेटसम्मका सुविधाको व्यवस्था गरिएको छ ।
महानगरपालिका प्रमुख दाहाललसंयोजकत्वमा रहेको १५ सदस्यीय कार्यदलले ७२ घण्टामा अस्पताल तयार गरी सञ्चालन गर्न लागेको हो । कार्यदलका प्रवक्ता डा भोजराज अधिकारीले अस्पताल सञ्चालन गर्न जिल्लाका दुई सरकारी र दुई निजी मेडिकल कलेजबाट आवश्यक श्यया ल्याइएको जानकारी दिनुभयो । प्रयोगशाला, रेडियोलोजीलगायतका सेवाका लागि निजी अस्पतालले सहयोग गरेका छन् । अस्पताल सञ्चालनका लागि उद्योग सङ्घ र उद्योग वाणिज्य सङ्घले आ–आफ्नो ठाउँबाट सहयोग गरेको उहाँले बताउनुभयो । अस्पतालमा सरकारी अस्पताल, निजी मेडिकल कलेज र भरतपुर महानगरपालिकाको स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
अन्य सबै खर्च अहिले भरतपुर महानगरपालिकाले गरिरहेको जनाएको छ । अस्पतालमा छिट्टै १० श्ययाको सघन उपचारकक्ष र १० श्ययाका हाइ डिपेन्डेन्ट युनिट ९एचडीयू० समेत सञ्चालन गरिँदैछ । यसका लागि काम अघि बढिसकेको प्रमुख डा अधिकारीले जानकारी दिनुभयो । अस्पताल सञ्चालनका लागि सात सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।
केबलकार, सिनेमाघर र हाटबजार बन्द गर्न निर्देशन
कुरिनटारको चेरेशमा रहेको मनकामना केबलकार र जिल्लामा सञ्चालन हुँदै आएका हाटबजारलाई बन्द गर्न स्थानीय प्रशासनले निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले केबलकार र हाटबजारमा सर्वसाधारणको ठूलो जमघट हुने भएकाले तत्कालका लागि बन्द गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार केबलकार सञ्चालकले सूचना प्रवाह गर्न एक दिनको समय माग गरेकाले केवलकार शनिबारबाट बन्द गर्न भनिएको छ । हाटबजार र सिनेमाघर आजबाट बन्द गर्न सूचना जारी गरिएको छ । मनकामना मन्दिर दर्शन गर्न जाने केबलकार चितवनको कुरिनटारस्थित चेरेशमा रहेको छ ।
तत्कालका लागि वैकल्पिक व्यवस्थाको खोजी गर्न भन्दै हाटबजार बन्द गर्न भनिएको हो । यस्तै जिल्लाका सबै सिनेमा घर पनि बन्द गर्न निर्देशन दिइएको छ ।रासस
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
१५ मिनेटमै मानिसलाई धुने–सुकाउने मिराइ ह्यूमन वासिङ मेसिनः जापानको भविष्यवादी आविष्कार
बिहीबार, मंसिर १८, २०८२
स्वास्थ्यसेवा बदल्ने सपनाः वंशीराम श्रेष्ठको दृष्टिबाट सुरु भएको यात्रा
सोमबार, जेठ २६, २०८२
अटोइम्युन रोग स्क्रिनिङमा गोल्ड स्टैण्डर्ड भ्यालिडिटेड ‘आईएफए’ प्रविधि
सोमबार, चैत २५, २०८१ट्रेन्डिङ

