कोरोना भाइरस कोभिड—१९ महामारी एकदम बढी गम्भीर अनि जटिल समस्या बन्दै गइरहेको छ ।
कोरोना भाइरस महामारीको सुरु भएदेखि नै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले परीक्षणमा विशेष जोड दिँदैआएको छ । विश्व महामारी कोरोना भाइरसको सामना गर्न र संकटबाट पार पाउन मुख्य भनेको
- सबै केसलाई ट्र्याक गर्ने
- घरेलु क्लस्टर पहिचान गर्ने र उनीहरूको सम्पर्कमा भएका व्यक्तिको पहिचान र तिनीहरूलाई अलग राख्ने ।
- परीक्षण विधिले महामारीलाई निकै हदसम्म कम गर्न मद्धत गर्छ ।
भाइरस कहाँ छ भनेर थाहा नभएसम्म हामी भाइरसँग लड्न सक्दैनौं । जसको एउटा मात्र उपाए भनेको परीक्षण विधि हो । ठूलो मात्रामा गरिने परीक्षणले ठूलो महत्व राख्छ ।[caption id="attachment_25803" align="alignright" width="245"]
नरेश पोख्रेल क्लिनिकल माइक्रोबायोलोजिष्ट[/caption]
फराकिलो परीक्षणविधि नै महामारीको ‘आँखा र कान’ हो ।
एसिम्प्टोमेटिक क्यारियरले कुनै लक्षणहरू देखाउँदैन । सबक्लिनिकल क्यारियरहरू ती मानिस हुन् जसलाई हल्का लक्षणहरू हुनसक्छ तर चिकित्सा उपचार पर्याप्त छैन । हामीले यस प्रकारका जनसंख्याको समूहलाई बेवास्ता गरेमा ठूलो मानवीय प्रकोप आमन्त्रित गरिरहेका हुन्छौं ।
एसिम्प्टोमेटिक वा सबक्लिनिकल संक्रमण भएका मानिसहरूले सजिलै रोग सार्न भूमिका खेलिरहेका हुन्छन् । यद्यपी हामीले कती ठुलो दुर्घटनालाई निम्तो दिरहेका छौं भन्ने कुरा अझै हामीलाई थाहा छैन ।
छिमेकी, आफन्त र साथीहरुको परीक्षण गर्न जरुरी छ र सबै शंकास्पद केसहरुलाई अलग गर्नुपर्ने कुरा संक्रामक रोग विशेषज्ञहरुले भन्दै आएका छन् ।
यथासम्भव सबैको जाँच गर्नुपर्छ । लक्षण नभएका व्यक्तिहरूको उच्च संख्या पहिचान गर्नुपर्छ । सम्भावित केसहरू चाँडै पहिचान गर्नुपर्छ र भाइरसलाई जंगली आगो जस्तै फैलनबाट रोक्न उनीहरुलाई अलग राख्नैपर्छ ।नेपालमा कोरोनाभाइरस रोकथाम उच्चस्तरीय समन्वय समिति छ । सरकारी नियमन आयोगहरु छन् । तर समन्वय छैन । कोरोना परीक्षणका लागि आवश्यक पर्ने किट, स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरणबारे थोरै मात्र चासो दिइएको छ ।
अब धेरै ढिलो नगरौं । समस्याले विकराल रुप दिन अगाडी नै महामारी रोग विशेषज्ञ, उपचारमा संलग्न चिकित्सक, प्रयोगशाला विशेषज्ञ, माइक्रोबायोलोजिस्ट लगायतका व्यक्ति संलग्न विशेषज्ञ टोली बनाएर अत्यावश्यक पूर्वाधार निर्माण गरी तत्काल काम शुरु गर्नुपर्छ ।यो बेला कमिसन होइन, डब्ल्युएचओले तोकेको मापदण्ड अनुसारको गुणस्तरीय स्वास्थ्य सामग्री आपूर्ति गर्नुपर्छ । कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिमा राजनीतिक नेता भन्दा पनि सम्बन्धित विशेषज्ञको भनाइलाई महत्व दिनुपर्छ । विशेषज्ञ टोली र निजी क्षेत्रबीच सहकार्य गरेर अघि बढेको अवस्थामा हामीले कोरोना भाइरविरुद्धको अभियानमा केही हदसम्म भएपनि विजय प्राप्त गर्न सक्दछौं । (लेखक मोर्डन डायग्नोस्टिक सेन्टर नेपालमा कार्यरत हुनुहुन्छ । )
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
१५ मिनेटमै मानिसलाई धुने–सुकाउने मिराइ ह्यूमन वासिङ मेसिनः जापानको भविष्यवादी आविष्कार
बिहीबार, मंसिर १८, २०८२
स्वास्थ्यसेवा बदल्ने सपनाः वंशीराम श्रेष्ठको दृष्टिबाट सुरु भएको यात्रा
सोमबार, जेठ २६, २०८२
अटोइम्युन रोग स्क्रिनिङमा गोल्ड स्टैण्डर्ड भ्यालिडिटेड ‘आईएफए’ प्रविधि
सोमबार, चैत २५, २०८१ट्रेन्डिङ

