जनस्वास्थ्य सरोकार, काठमाडौं । अक्सफोर्ड युनिभर्सिटीमा कोरोना संक्रमण रोकथामको लागि विकसित गरिएको एउटा नयाँ खोप जुनको मध्यतिरबाट ब्राजिलमा परीक्षण हुँदैछ ।
बीबीसीका अनुसार, यो खोप यस हप्ता भर्ती दुई हजार स्वयंसेवकहरुमा परीक्षण गरिनेछ । साउ पाउलो विश्वविद्यालयका अधिकारीहरूका अनुसार यस अनुसन्धानमा सहयोग गरिरहेका १८ देखि ५५ वर्ष बीचका स्वयंसेवक स्वास्थ्यकर्मीहरू मात्र यस अनुसन्धानमा सम्मिलित हुनेछन् ।कोविड १९ अस्पतालहरूमा कार्यरत स्वयंसेवकहरूले पनि यस परीक्षणमा भाग लिन सक्नेछन् । युनिभर्सिटीका अध्यक्ष सोरया स्माइलीले भनिन्—‘ब्राजिललाई अध्ययनका लागि छनौट गरिएको छ किनकि यस समयमा धेरैजसो कोरोना संक्रमणका घटनाहरू ब्राजिलमा अगाडि आइरहेका छन् । ब्राजील हाल कोरोना संक्रमणमा संयुक्त राज्य अमेरिका पछि दोस्रो स्थानमा छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
लुम्बिनी प्राविधिक विश्वविद्यालय पूर्वाधार अभावको चक्रमा
सोमबार, जेठ १८, २०८३
ओम सर्जिकल कन्सर्नलाई मेडिका कर्पोरेसन अमेरिकाको सम्मान
बिहीबार, वैशाख १७, २०८३
२५ वर्षको विश्वासः स्वास्थ्य प्रविधिमा ‘वेब ट्रेडिङ’को यात्रा
आइतबार, चैत २२, २०८२ट्रेन्डिङ
४


