जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्व स्वास्थ्य संगठनले एक हप्ताको अन्तरालपछि हाइड्रोक्साइक्लोरोक्विनको क्लिनिकल परीक्षणलाई पुन अनुमति दिएको छ ।
कोरोना भाइरस बिरामीहरूको उपचारमा यो मलेरिया औषधि प्रयोग भइरहेको छ ।
एक शोध रिपोर्टमा हाइड्रोक्सीक्लोरोक्वाइनलाई प्रश्न गरिएको थियो । त्यसपछि विश्व स्वास्थ्य संगठनले यसको क्लिनिकल परीक्षण रोकिदिएको थियो ।
बीबीसीका अनुसार, समीक्षा पछि क्लिनिकल परीक्षण फेरि सुरू गरिएको छ । यो परीक्षण ३५ देशका कोरोना बिरामीहरुमा भइरहेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो औषधि कोरोनाभाइरसको उपचारमा प्रयोग गर्न सकिने कुरामा जोड दिएका थिए ।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
लुम्बिनी प्राविधिक विश्वविद्यालय पूर्वाधार अभावको चक्रमा
सोमबार, जेठ १८, २०८३
ओम सर्जिकल कन्सर्नलाई मेडिका कर्पोरेसन अमेरिकाको सम्मान
बिहीबार, वैशाख १७, २०८३


