जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पहिलोपटक सरकारी मातहतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ल्याबोरेटोरी अन्तर्राष्ट्रिय मानकिकरण संस्था (आईएसओ) १५१८९ः२०१२ बाट मान्यता प्राप्त गर्न सफल भएको छ ।
आईएसओ १५१८९ः२०१२ भनेको ल्याबोरेटोरीको व्यवस्थापन, क्वालिटी कन्ट्रोल, टेक्निकल क्वालिटी कन्ट्रोललगायत सम्पूर्ण कुरालाई दृष्टिगत गरी उत्कृष्ठताको आधारमा दिइने गुणस्तर प्रमाणित आईएसओ हो । कामको आधारमा यो हरेक वर्ष नविकरण हुँदै जान्छ ।
काठमाडौको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय ल्याबोरेटोरी मानकिकरण निगम, जेनेभासँग आबद्ध नेपालस्थित एईआरएसएससीले उक्त मान्यता प्रदान गरेको हो ।
अन्तर्राष्ट्रिय मानकिकरण संस्था (आइएसओ) ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई प्रदान गरेको उक्त अन्तर्राष्ट्रियस्तरको मापदण्डको प्रमाणपत्र मङ्गलबार स्वास्थ्य सेवा विभागमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले प्रयोगशालाकी निर्देशक डा.रुना झालाई प्रदान गर्नुभयो ।
[caption id="attachment_26882" align="alignnone" width="960"]
अन्तर्राष्ट्रिय मानकिकरण संस्था (आइएसओ) ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई प्रदान गरेको प्रमाणपत्र मङ्गलबार प्रयोगशालाकी निर्देशक डा.रुना झालाई प्रदान गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल[/caption]
‘आइएसओ १५१८९ः२०१२, हाम्रो ल्याब्रोटोरीको गुणस्तर र हामीले गरिरहेको कामको सम्मान हो । यो प्रमाणपत्रले हामीलाई अझ राम्रो काम गर्ने प्रेरणा र जिम्मेवारी दुवै प्रदान गरेको छ ।’— राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताउनुभयो । प्रयोगशालाले आईएसओ प्राप्त गर्नुमा डा. रुना झा र उहाँको टिमको ठूलो मिहिनेत र लगाब रहेको प्रयोगशालाका सुचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिनुभयो ।यसअघि नै २०७२ साल जेठ २८ गते नेपालमा पहिलोपटक निजीस्तरको प्रयोगशाला सम्यक डायग्नोष्टिक प्रा.लि.सो आईएसओ प्राप्त गर्न सफल भएको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
१५ मिनेटमै मानिसलाई धुने–सुकाउने मिराइ ह्यूमन वासिङ मेसिनः जापानको भविष्यवादी आविष्कार
बिहीबार, मंसिर १८, २०८२
स्वास्थ्यसेवा बदल्ने सपनाः वंशीराम श्रेष्ठको दृष्टिबाट सुरु भएको यात्रा
सोमबार, जेठ २६, २०८२
अटोइम्युन रोग स्क्रिनिङमा गोल्ड स्टैण्डर्ड भ्यालिडिटेड ‘आईएफए’ प्रविधि
सोमबार, चैत २५, २०८१ट्रेन्डिङ

