
ताइवानको जनरल बायोलोजिकल कर्पोरेसन (जिबिसी) को उत्पादनको एक लाख ५० हजार आरटी पिसिआर किट (रियल टाइम पिसिआर किट) र एक लाख ५० हजार आरएनए एक्स्ट्र्याक्सन किट ओम सर्जिकल कन्सर्न प्रालिले रु. २४ करोड ८१ लाखमा सरकारलाई उपलब्ध गराउँदै छ । जुन अन्य टेक्निकल्ली क्वालिफाइड प्रतिस्पर्धीभन्दा न्यून मूल्य हो । आधा सामान १५ दिन र आधा सामान २१ दिन गरी दुई चरणमा सामान उपलब्ध गराउने शर्तमा १७ मे २०२० मा ओम सर्जिकल र सरकारबीच सम्झौता पनि भइसकेको छ ।पिसिआरको दायरा बढाउने उद्देश्यले पिसिआर, आरएनए एक्स्ट्र्याक्सन किट र भिटिएम खरीद प्रक्रिया सरकारले शुरु गरेको छ । जसमा प्याकेज १ अन्तर्गत एक लाख ५० हजार आरटी पिसिआर किट र एक लाख ५० हजार आरएनए एक्स्ट्र्याक्सन किट किन्दै छ । त्यस्तै, प्याकेज २ अन्तर्गत एक लाख ७० हजार भिटिएम बक्स खरिद गर्दै छ ।

यसरी विवेकपूर्ण ढंगबाट सार्वजनिक खर्चको अधिकतम प्रतिफल हाँसिल गर्न खरीदको व्यवस्थापन, क्षमता अभिवृद्धि गरी आपूर्तिकर्तालाई बिना भेदभाव सार्वजनिक खरीद प्रक्रियामा सहभागी हुने समान अवसर सुनिश्चित गरी सु—सासनको प्रत्याभूति गराइएको छ । यसरी सार्वजनिक खरीद नियमावली ६४ को नियम १४५ बमोजिम यथासम्भव प्रतिस्पर्धा गराउने उद्देश्यले राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशन गरी बोलपत्र आव्हान गर्दै आएको वर्तमान अवस्थामा स्वास्थ्य सामाग्रीहरु खरीदको विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित एवं प्रशारित समाचारहरुप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको व्यवस्थापन महाशाखा प्रमुख डा. खरेलले जानकारी गराउनुभयो ।


त्यसपछि महाशाखाको प्राविधिक टोलीले आवश्यक परेको आरएनए एक्स्ट्रयाक्सन किटको मापदण्डबारे जानकारी गरायो । पहिलाको आरएनए म्यान्युअल किट मात्र भनिएको थियो । तर प्राविधिक टोलीले म्यान्युअल एक्सट्र्याक्सनका लागि स्पिन कोलन वेश उपयुक्त भएको ठहर गर्यो । शर्तमा नमुना इनपुट ४०० माइक्रोलिटर, एलिशन भोल्युम ६ बाट बढाएर ३० माइक्रोलिटर भन्दा बढी हुनुपर्नेलगायतका कुराहरु उल्लेख गरेका थिए ।प्राविधिकहरुले स्पेसिफिकेसनमा नै किटान गरेर शर्तहरु लेखिदिएपछि महाशाखाले १ जुन २०२० मा स्पेशिफिकेसन (स्पेक) राखिएको थियो । स्पेक राखेपछि कुनै पनि पहिलाको निर्धारित स्पेकमा क्राइटेरियाहरु परिवर्तन भएमा पर्याप्त समय दिनुपर्ने हुन्छ । त्यसपछि महाशाखाले तेस्रोपटक सुचना म्याद बढाएर ७ जुन २०२० पुर्याएको थियो । ‘सुचना म्याद मात्र बढाइएको हो । नयाँ कुनै पनि टेन्डर खुलाइएको होइन । यसप्रति जानकारी हुन जरुरी छ ।’ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले भन्नुभयो । ७ जुनमा टेण्डर खुलाउँदा २४ जनाले टेन्डर हालेका थिए । त्यसमध्ये आरटी पिसिआरका लागि १४ र १० जनाले भिटिएम किट आपूर्तिका लागि टेण्डरमा भाग लिएका थिए ।
ओम सर्जिकल कन्सर्न प्रा.लि.का सञ्चालक आर.एस. भण्डारीले भन्नुभयो—‘हामीलाई दिइएको जिम्मेवारी अनुसार, समय अगावै सामान ल्याउने प्रयासमा छौं ।’


प्रकाशित मिति: शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

अटोइम्युन रोग स्क्रिनिङमा गोल्ड स्टैण्डर्ड भ्यालिडिटेड ‘आईएफए’ प्रविधि
सोमबार, चैत २५, २०८१
श्रवण अपाङ्गता माथिको विजय : कक्लियर ईम्प्लान्ट
आइतबार, चैत १७, २०८१
योनी कसिलो बनाउने सर्जरी : भेजाइनोप्लाष्टी, लिबियाप्लाष्टी र हाइमेनोप्लाष्टी
आइतबार, चैत १७, २०८१ट्रेन्डिङ