पथरीशनिश्चरे – १ स्थित पथरी बजारमा स्थापित पथरी हस्पिटलले चार वर्षमा नयाँ भवन बनाई आफ्नो सेवा सुरु गरेको छ ।
सो हस्पिटलले शुक्रबार सांसद चण्डीप्रसाद राई, पथरीशनिश्चरेका नगर प्रमुख दिलिपकुमार राई र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रशासकीय अधिकृत हरि खत्रीले भवनको उद्घाटन गर्दै हस्पिटलले प्रभावकारी उपचारका साथै विपन्नलाई निःशुल्क हिस्सा बढाउन सुझाव दिनुभयो । पहिले भाडाको भवनमा हस्पिटल सञ्चालन गरिएको थियो ।
विसं २०७० मा स्थापित सो हस्पिटलले स्थानीयवासीको साथ र समर्थनसहित नर्सिङ कलेजसमेत सञ्चालनको योजना ल्याएको हस्पिटलका अध्यक्ष देवीप्रसाद रिजालले बताउनुभयो । रु १० करोडको लागतमा आठ लगानीकर्ताबाट जग्गासहित नयाँ भवन तयार पारेको हस्पिटलले नगर र आसपासका क्षेत्रका लागि थप प्रभावकारी सेवा दिँदै जाने प्रतिबद्धता जनाएको छ । पन्ध्र शय्याको सो हस्पिटल २५ शैया सञ्चालनका लागि प्रक्रियामा रहेको छ । रासस
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
