नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समयदेखि सुगम क्षेत्रमा काज मिलाएर बसेका चिकित्सकहरूलाई उनीहरूको दरबन्दी भएको स्थानमा फर्काउने निर्णयलाई तीव्र बनाएको छ। मन्त्रालयले हालै दोस्रो चरणमा थप सात जना विशेषज्ञ चिकित्सकलाई काज फिर्ता गर्ने निर्णय गरेको हो।
यसअघि पहिलो चरणमा १४ जना चिकित्सकलाई दरबन्दी स्थानमा फर्काउने निर्णय गरिसकेको मन्त्रालयले अब उक्त प्रक्रिया निरन्तर अगाडि बढाएको जनाएको छ। मन्त्रालयका एक अधिकारीका अनुसार पहुँच र प्रभावका आधारमा वर्षौँदेखि सुगम क्षेत्रमा बसेका चिकित्सकहरूलाई पटक–पटक निर्देशन दिँदा पनि अटेर हुने गरेको थियो। पछिल्ला दिनमा भने कडाइका साथ नामै तोकेर काज फिर्ता गर्ने नीति अपनाइएको उनले बताए।
मन्त्रालयको यो कदम दुर्गम तथा आवश्यक क्षेत्रमा चिकित्सकीय सेवा सुनिश्चित गर्ने उद्देश्यले लिइएको हो। केन्द्रीय अस्पतालहरूमा केन्द्रित जनशक्तिलाई आवश्यकताअनुसार अन्य क्षेत्रमा पठाउने रणनीतिअन्तर्गत निर्णय गरिएको जनाइएको छ।
दोस्रो चरणअन्तर्गत काठमाडौंबाट विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरूलाई भेरी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, नारायणी अस्पताल तथा गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइएको छ।
काज फिर्ता गरिएका चिकित्सकहरूमा डा. दिनेश शिवाकोटी, डा. चुनु दर्नाल, डा. प्रमोद कट्टेल, डा. सोहनी बज्राचार्य, डा. श्याम किशोर चौधरी, डा. दिवस सापकोटा र डा. रन्जु पोखरेल रहेका छन्।
मन्त्रालयले आगामी दिनमा पनि आवश्यकताअनुसार यस्ता निर्णयलाई निरन्तरता दिने संकेत गरेको छ, जसले दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य बीमा बोर्डले हटायो १८७ प्रकारका औषधि, बिरामीलाई कस्तो असर पर्छ ?
बुधबार, साउन २७, २०८३
चिकित्सा शिक्षा सुधारको माग गर्दै आवासीय र इन्टर्न चिकित्सकले गरे आन्दोलनको घोषणा
बुधबार, साउन २७, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० स्टाफ नर्ससहित ४६ पदमा दरखास्त आह्वान
बुधबार, साउन २७, २०८३
१७ वर्षीया बालिकाको डिम्ब निकालिएको घटनाबारे सांसद सेञ्चुरीले गराइन् सरकारको ध्यानाकर्षण
बुधबार, साउन २७, २०८३
