
कोरोना भाइरस संक्रमणले विश्व आक्रान्त बनेको छ । यो भयावह कहिलेसम्म भन्ने अन्योलता कायम छ । केहि देशहरु कोरोनाविरुद्धको खोप तयार गरी लगाउन सुरु गरिसकेका छन् भने केहिले ट्रायल गरिरहेका छन् ।
नेपाल सरकारले कोरोना भाइरस संक्रमण विरुद्ध खोप ल्याउने तयारीलाई तिव्र बनाएको छ । नेपालमा कोरोना विरुद्धको खोप ल्याउन सहज बनाउन औषधि अध्यादेश जारी भएको छ । अध्यादेश मार्फत खोप ल्याउन सजिलो हुने देखिन्छ । विशेषगरी कुनै देशमा कसैले इमर्जेन्सी भ्याक्सिन अथोराइजेसन दिएको खण्डमा अध्यादेशले मद्यत गर्छ ।
औषधि व्यवस्था विभागले खोप भित्र्याउने, मास भ्याक्सिनेसन र लजिस्टिक म्यानेजमेन्टका काम गर्न छुट्टै युनिट खडा गरेको छ ।
हाम्रो लागी सबैभन्दा ठुलो चुनौती खोप भण्डारण कसरी गर्ने ? भन्ने रहेको छ ।
फाइजर/बायोएनटेकले विकास गरेको भ्याक्सिन माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्छ । त्यसका लागी हामीसँग पर्याप्त भौतिक संरचना र पुर्वाधार छैन । हामीसँग भएको पुर्वाधारमार्फत् गाउँगाउँसम्म खोप पुर्याउन सकिदैँन । केहि देशहरुमा कम तापक्रममा भण्डारण गर्न मिल्ने भ्याक्सिन पनि विकास भइरहेका छन् ।
नेपालको सन्दर्भमा माइनस २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न मिल्ने खोप उपयुक्त मानिएको छ । हामी त्यस्तै किसिमका भ्याक्सिनको खोजीमा छौँ । विशेषगरी बेलायतको अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरेको ‘एस्ट्राजेनिका भ्याक्सिन’ लाई माइनस २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । साथै यो भ्याक्सिन सस्तो पनि छ ।
नेपालमा कानुनी रुपमा सहज र दु्रत गतिमा भ्याक्सिन ल्याउन सक्ने वातावरण छ ।
नेपालमा कोरोना विरुद्धको खोप निजी कम्पनी, आयातकर्ताहरुले ल्याउन सक्छन् । तर, निजी क्षेत्रलाई भ्याक्सिन ल्याउन दिने/नदिने भन्ने विषयमा सरकारको आधिकारिक निर्णय आउन बाँकी छ । सरकाले छुट्टै नीति बनाउन पनि सक्छ । सरकारले सम्पुर्ण जनतालाई सित्तैमा खोप लगाइदिने बताएको छ । सरकारको तर्फबाट निर्णय नआएसम्म यसै भन्न सकिदैंन ।
यदि निजी क्षेत्रले खोप आयात गर्न अनुमती पाए उनीहरुसँग सम्बन्धित देशमा भएको दर्ता सम्वन्धी आवश्यक कागजातहरु हेरिन्छ । त्यसका स्थायित्व, सेल्फलाइफ सम्बन्धि कागजातहरु आवश्यक पर्छ । त्यसैको आधारमा भ्याक्सिनको अनुमती प्रदान गरिन्छ ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
