नेपाल हेल्थ न्युज, काठमाडौं । विश्वका धेरै समाजहरूमा ठूला स्तनलाई आकर्षक र “वरदान”को रूपमा हेरिन्छ । तर धेरै महिलाहरूका लागि यो सौन्दर्यको विषय मात्र नभई गम्भीर स्वास्थ्य समस्या पनि बन्ने गरेको छ । ढाड दुखाइदेखि मानसिक तनावसम्मका चुनौतीहरूले उनीहरूको दैनिक जीवन र आत्मविश्वासमा गहिरो असर पार्ने गरेको छ ।
निरन्तर पीडा र लज्जाको अनुभव
अर्जेन्टिनाकी विश्वविद्यालय प्राध्यापक राकेल (नाम परिवर्तन) किशोरावस्थादेखि नै आफ्नो शरीरका कारण असहज थिइन् । उनी सधैं काँध झुकाएर हिँड्थिन्, ताकि आफ्नो ठूला स्तन लुकाउन सकून् । “धेरैले मलाई भाग्यमानी भन्थे,” उनी सम्झन्छिन्, “तर म भाग्यमानी थिइनँ । मैले धेरै दुःख भोगें किशोरावस्थामा पनि, आमाको रूपमा पनि।”
उनलाई वर्षौंसम्म ढाड दुख्ने समस्या रहिरह्यो । योग, पिलेट्स र जिमजस्ता मनपर्ने गतिविधिहरू समेत उनले छोड्नुप¥यो । अन्ततः सन् २०१० मा उनले स्तन घटाउने शल्यक्रिया गर्ने निर्णय गरिन् । शल्यक्रियामा उनको शरीरबाट करिब २.५ किलोग्राम तौल हटाइयो ।
“शल्यक्रियापछि जब म भुइँबाट केही उठाउन झुकेँ, मैले सोचे, यो त बिल्कुलै फरक शरीर रहेछ । मैले साँच्चै स्वतन्त्र महसुस गरें,” उनी भन्छिन् ।
विश्वव्यापी रूपमा बढ्दो शल्यक्रिया
इन्टरनेशनल सोसाइटी अफ एस्थेटिक प्लास्टिक सर्जरीका पछिल्ला तथ्याङ्कअनुसार, सन् २०२४ मा विश्वभर ६ लाख ५२ हजार ६ सय ७६ स्तन घटाउने शल्यक्रियाहरू गरिएका थिए । यसले महिलाहरूबीच आत्म हेरचाह र जीवनस्तर सुधारप्रति बढ्दो सचेतना झल्काउँछ ।
स्वास्थ्यमा पर्ने प्रभाव
ब्रिटिश एसोसिएसन अफ एस्थेटिक प्लास्टिक सर्जन्स की अध्यक्ष डा. नोरा नुजेन्टका अनुसार, ठूला स्तनले शरीरलाई अगाडि तान्ने भएकाले ढाड र घाँटीमा निरन्तर दबाब पर्छ ।
“५०० देखि ८०० ग्रामसम्म प्रत्येक स्तनबाट हटाउँदा समग्र शरीर तौलमा धेरै नदेखिए पनि, शरीरको सानो भागका लागि त्यो महत्त्वपूर्ण मात्रा हो,” उनी भन्छिन् ।
- ठूला स्तनका कारणस्
- लगातार ढाड र घाँटी दुख्ने
- टाउको दुख्ने
- खराब आसन
- सुन्निने वा झमझमाउने समस्या
- निद्रामा बाधा
- खेलकुद तथा व्यायाममा असहजता
- मानसिक तनाव र आत्मविश्वासमा कमी जस्ता समस्या देखिने चिकित्सकहरू बताउँछन्।
ब्रास् फेसन कि स्वास्थ्य उपकरणरु
बायोमेकानिक्स विशेषज्ञ प्रोफेसर जोआना वेकफिल्ड-स्करले स्तन दुखाइको अनुभवपछि ब्राको कार्यप्रणालीबारे अनुसन्धान सुरु गरिन् । सन् २००५ मा उनले युनिभर्सिटी अफ पोट्र्समाउथमा स्तन स्वास्थ्यसम्बन्धी अनुसन्धान समूह स्थापना गरिन् ।
उनका अनुसार, राम्रोसँग फिट नहुने ब्राले सास फेर्ने ढाँचा, शरीरको सन्तुलन र चालमा समेत असर पार्न सक्छ । “स्तनको चाल पूर्ण रूपमा रोक्न नसकिने भए पनि, त्यसलाई ढिलो गर्न सकिन्छ भने दुखाइ कम गर्न सकिन्छ,” उनी भन्छिन् ।
उनको टोलीले इङ्ग्ल्याण्ड विमेन्स नेसनल फुटबल टिम (लायनेसेस) लगायत शीर्ष खेलाडीहरूसँग सहकार्य गर्दै खेलका लागि उपयुक्त ब्रा विकासमा काम गरिरहेको छ ।
सामाजिक धारणा र वास्तविकता
राकेलले शल्यक्रियाको निर्णय गर्दा वरपरबाट आलोचना र गलत बुझाइको सामना गर्नुप¥यो । धेरैले यसलाई स्वास्थ्य नभई सौन्दर्यसम्बन्धी निर्णय ठाने । “कसैले त मलाई अब पेट पनि मिलाउनुपर्छ भने,” उनी भन्छिन् । “तर यो पूर्णताको खोजी होइन-स्वास्थ्य र सहज जीवनको खोजी हो ।”
विशेषज्ञहरूका अनुसार, स्तन घटाउने शल्यक्रियामा बढ्दो रुचि महिलाहरू मात्र नभई समग्र रूपमा मानिसहरूले आफ्नो स्वास्थ्य र जीवनको गुणस्तरलाई प्राथमिकता दिन थालेको संकेत हो ।
राकेल आज ५२ वर्षकी छन् । उनी भन्छिन्, “अब म रजोनिवृत्तिमा छु । ठूला स्तनसहित बाँच्नु कति गाह्रो हुन्थ्यो भन्ने सोच्न पनि सक्दिन । म अहिले धेरै खुसी छु ।”
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
