
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा अहिले कोरोना संक्रमणदर घटेको जस्तो देखिएपनि स्थिती नियन्त्रणमा अझै आएको छैन । अहिले जताततै सभा, गोष्ठी र जुलुसहरु भइरहेको देख्न सकिन्छ । मानिसहरुले हेलचेक्र्याइ गरिरहेका छन् । हेलचेक्रयाइले संक्रमणको जोखिमलाई झनै बढाएको छ । यतिबेला भाइरस सहजै फैलिने वातावरण बनेको छ ।
जनस्वास्थ्य मापदण्ड पालना गनुपर्छ भन्ने त सबैलाई थाहा छ तर व्यवहारमा लागू गरेको देखिदैँन । विदेशमा यसरी नै मानिसहरु जमघट भएको बेला धेरैलाई संक्रमण सरेको उदाहरण प्रशस्तै छन् । अहिले पनि नेपालमा दिनहुँ कोरोनाबाट मानिसले ज्यान गुमाइरहेका छन् । कोरोना संक्रमणले छातीमा गम्भिर असर परेर, कोभिड निमोनिया भई बिरामीहरु अस्पताल आउँछन् । यस्तो अवस्थामा जुलुस, सभा र जमघटलाई पुर्णरुपमा निरुत्साहित गर्नुपर्छ । तर जनस्वास्थ्यका मापदण्डलाई व्यवहारमा पालना गर्ने कि नगर्ने ? यतिबेला प्रश्न चिन्ह खडा भएको छ ।
विशेषगरी कोरोना भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले अनिवार्य भौतिक दुरी कायम गर्नुपर्छ । सहि तरिकाले मास्क लगाउने र नियमित साबुनपानीले हात धुने गरे कोरोना संक्रमण जोखिमलाई न्युनिकरण गर्न सकिन्छ ।
जहाँसम्म भ्याक्सिनको कुरा छ, भ्याक्सिननै कोरोनाको अचुक औषधि बन्ने सम्बन्धमा मलाई शंका लागेको छ । हो, भ्याक्सिनले धेरै हदसम्म मानिसको ज्यान बचाउन सकिन्छ । खोप लगाएका मानिसलाई कोभिडका कडा लक्षण नदेखिन सक्छन् । तर, खोपले जादुको छडिले जस्तो एकैचोटी ठिक गर्न सक्दैन । उदाहरणका लागी, फ्लु विरुद्धको खोप बनेको वर्षौ भइसक्यो । मानिसहरु अहिलेपनि खोप लगाउछन् । तर, फ्लुको खोप उपलब्ध हुँदा पनि अमेरिका जस्तो विकसित मुुलुकमा फ्लुसँग सम्बन्धित जटिल समस्याले वर्षमा ५० हजार बढी मानिसको मृत्यु हुने तथ्याङ्कले देखाउँछ ।
विदेशमा प्रभावकारी देखिएको भ्याक्सिन नेपाल ल्याउदा त्यतिकै प्रभावकारी नदेखिन पनि सक्छ । भौगोलिक वनावट, रहनसहन, हावापानी फरक छ । यद्यपी इन्डियामा प्रभावकारी देखिएको भ्याक्सिन नेपालका लागी उपयुक्त हुन सक्छ ।
भ्याक्सिन आउनेवित्तिकै खुुसी भैहाल्ने अवस्था छैन । अहिलेको भ्याक्सिन केहि हजार व्यक्तिमा मात्र परीक्षण भएका छन । भोली करोडौँ मानिसलाई लगाउँदा यसको प्रभावकारीता घट्न सक्छ । ठाउँ अनुसार भ्याक्सिनको प्रभाव फरक हुने विगतका भ्याक्सिनले देखाएको छ ।
दक्षिण एसियामा भ्याक्सिनको ट्रायल खासै भएको छैन । ब्राजिलल सबैभन्दा बढीे ट्रायल गरेको छ । चीन र रुसले आफ्नै देशमा ट्रायल गरे । अहिलेसम्म नेपालमा कुनै पनि ट्रायल नभएको हुँदा यो भ्याक्सिनको प्रभावकारीता कस्तो रहन्छ यसै भन्न सकिन्छ । नेपालमा कुनैपनि भ्याक्सिन ल्याउनुलाई मैले ट्रायल रुपमा बुझेको छु । भ्याक्सिन आइहालेमा यसले मृत्युको मुखबाट बचाउँछ । (डा.पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ ।)
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
