
जनस्वास्थ्य सरोकार । शरीरको बाहिरी भागबाट रेडिएसन दिने पद्धति एक्टर्नल र शरीरभित्र उपकरण राखेर सम्बन्धित भागमा रेडिएसन दिइने प्रविधि बार्की थेरापी हो । क्यान्सर रोगमा विकिरणद्धारा सामान्य सेल जोगाएर क्यान्सर सेल मार्न रेडियोथेरापी दिने गरिन्छ । फोक्सोमा क्यान्सर ट्युमर भएमा एक्टर्नल रेडिएसन थेरापी दिइन्छ । यसले छाला, मासु, हड्डी, मुटु छेडेर फोक्सोको क्यान्सर सेल मार्छ ।
क्यान्सर भएको भागमा मात्र किरण पुर्याएर रेडिएसन थेरापी दिँदा अरु भागलाई सुरक्षित गर्न सकिने र आवश्यक भागमा सोचे जति डोज पुर्याउन सकिन्छ ।
यो एक्स्टर्नल जस्तो डिलिभर गर्न सजिलो छैन । यसको अपरेटिभ प्रोसेस फरक हुन्छ । सबै बिरामीलाई गर्न सकिदैँन । यस प्रकारको इन्टर्नल बार्की थेरापी पाठेघरको मुखको क्यान्सर, खानेनली, मुख आदिको क्यान्सरमा प्रभावकारी हुन्छ ।
रेडिएसन थेरापीले सेलको न्युक्लियस भित्र रहेको डिएनएलाई भाँचिदिन्छ । डिएनएको दुइ वटै कपी टुक्र्याउने किसिमले रेडिएसन थेरापीको इनर्जी प्रवाह गरिन्छ । डिएनएको एउटा कपी मात्र भाँचिएमा समस्या समाधान हुँदैन । अर्को कपीले फेरि क्यान्सर रिप्लेस गर्नसक्छ । क्यान्सर सेल नर्मल सेलभन्दा कमजोर हुन्छ । यस्ता सेल अनियन्त्रित रुपमा छोटो समयमा धेरै बढेका हुन्छन् । यस्ता सेल पूर्ण रुपमा विकास भएका हुँदैनन् ।

त्यसैले रेडियसन दिएर त्यस्ता सेललाई मारिन्छ । सामान्य सेललाई रिपियर गर्ने समय दिइन्छ । त्यसकारण रेडियसनको कोर्स एक देखि डेढ महिना लामो हुन्छ र पटक पटक गरेर क्यान्सर सेल मारिन्छ । सकेसम्म नर्मल सेलमा रेडियसनको डोज नपरोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । अहिले आएका अत्याधुनिक लिनियाक रेडियोथेरापी मेसिनमा आवश्यक ठाउँमा मात्र रेडिएसनको डोज पुग्ने गरी सिस्टम बनाइएको हुन्छ । (डा. चालिसे भक्तपुर क्यान्सर हस्पिटल र ह्याम्समा कार्यरत हुनुहुन्छ । )
लुम्बिनी प्राविधिक विश्वविद्यालय पूर्वाधार अभावको चक्रमा
सोमबार, जेठ १८, २०८३
ओम सर्जिकल कन्सर्नलाई मेडिका कर्पोरेसन अमेरिकाको सम्मान
बिहीबार, वैशाख १७, २०८३
२५ वर्षको विश्वासः स्वास्थ्य प्रविधिमा ‘वेब ट्रेडिङ’को यात्रा
आइतबार, चैत २२, २०८२


