काठमाडौँ : बैशाखमा आएका दुर्इ शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या साढे आठ हजार नजिक पुगेको छ । 

वैशाख १२ गते र २९ गते गएका भूकम्पबाट ज्यान गुमाउनेको संख्या आठ हजार चार सय ६० पुगेको हो ।
गृह मन्त्रालयले शुक्रबार दिउँसो उपलब्ध गराएको जानकारीअनुसार वैशाख १२ को भूकम्पबाट हालसम्म आठ हजार तीन सय ४३ जनाको ज्यान गएको छ । त्यसैगरी वैशाख २९ को भूकम्पका कारण एक सय १७ जनाको ज्यान गएको छ ।
वैशाख २९ को भूकम्पबाट घाइते भएकामध्ये चार हजार पाँच सय ७१ जना पुगेका छन् । बैशाख २९ को भूकम्पबाट घाइते भएका एक हजार सात सय जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
दुबै भूकम्पमा ज्यान गुमाएकामध्ये हालसम्म आठ हजार तीन सय ९९ जनाको शव आफन्तलाई बुझाई सकिएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, जेठ १, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
