
आधि जीवन बितिसक्यो, आधि जीवन बाँकी थियो ।
रमाउँदै हाँस्दै खेल्दै, सुन्दर जीवन बित्दै थियो ।।
२०७६ सालमा क्यान्सरले, नक नक आवाज दियो ।
अब मरिन्छ कि क्या हो, भन्ने डरले सताई रह्यो ।।
यसलाई हराउने, झिनो आशा पलाइरह्यो ।
प्रविधि र डाक्टर हौसलाले, बाँच्ने आधार बढाइरह्यो ।।
एक्काइस दिनमा जीवन बाँच्न दुई वटा अपरेशन भयो ।
अव त बाँचिन्छ कि भन्ने झिनो आशा पलाइरह्यो ।।
घाउको दुखाइ, मनको दुखाइ छटपट पार्दै थियो ।
श्रीमान् र बच्चाको अनुहारले, बाँच्ने हौसला बढाइदियो ।
यसरी नै समय बित्यो, घाउ निको हुँदै थियो ।
तीस दिनको रेडिएसन, घर फर्किने खुशी बढ्दै थियो ।।
माया, साथ, हौसला र हिम्मत चाहिन्छ क्यान्सरलाई ।
यसरी नै हातेमालो गर्दै अघि बढ्नुपर्छ जित्नलाई ।।
क्यान्सर भन्ने केही रहेनछ बस डर मात्र हो ।
यसलाई मनैबाट निकाल्ने तपाई हामी पात्र नै हो ।।
पहिलो वास घर थियो, दोस्रो बास अस्पताल ।
डाक्टरले दिए नयाँ जीवन, उनै हुन भगवान ।।
साथीहरु भन्नुहुन्छ, हामीलाई महँगो रोग लागेछ ।
सुनिदेउ न ए सरकार यसबाट सबै बच्नुछ ।।
(पराजुली सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर २ हतपते स्वास्थ्य चौकी राँगेमा कार्यरत हुनुहुन्छ ।)
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
