नेपाल हेल्थ न्युज, काठमाडौं । वीर अस्पतालले सेवा प्रवाह सुधार र कर्मचारी अनुशासन कडा बनाउन १४ बुँदे निर्णय सार्वजनिक गरेको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत सञ्चालनमा रहेको अस्पतालको व्यवस्थापन समितिको चैत १६ गतेको बैठकले नयाँ नियम लागू गर्ने निर्णय गरेको हो।
अस्पताल निर्देशक डा. दिलिप शर्माका अनुसार अब सबै चिकित्सक तथा कर्मचारी बिहान ९ देखि बेलुका ५ बजेसम्म अनिवार्य उपस्थित हुनुपर्नेछ। ९ः३० बजेपछि आउने र साढे ४ अघि निस्कनेलाई ‘गयल’ मानिने र आधा दिन बिदा काटिने व्यवस्था गरिएको छ।
सेवाग्राहीसँगको व्यवहार सुधार गर्न ‘मुस्कानसहितको सेवा’ अनिवार्य गरिएको छ भने रुखो व्यवहार गर्नेलाई कारबाही गरिने चेतावनी दिइएको छ। साथै चिकित्सकहरूले बिरामीका कागजातमा नाम, एनएमसी नम्बर र हस्ताक्षर प्रष्ट राख्नुपर्ने छ। एप्रोन र परिचयपत्र पनि अनिवार्य गरिएको छ।
अस्पतालले सरसफाइ र हाजिरी अनुगमनका लागि छुट्टाछुट्टै अडिट समिति गठन गरेको छ। फार्मेसी सेवामा सुधार गर्दै औषधिको मौज्दातबारे सेवाग्राहीलाई छिटो जानकारी दिने व्यवस्था मिलाइनेछ।
यस्तै, कर्मचारीहरू उच्च निकायको निरन्तर निगरानीमा रहने र कार्यस्थलमा नभेटिएमा मन्त्रालयसम्म रिपोर्ट गरिने व्यवस्था पनि लागू गरिएको अस्पतालले जनाएको छ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

