नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ (एनएनसिए) र नेपाल चिकित्सक संघ (एनएमए) बीच व्यवहारिक र संस्थागत हितका लागि ५ बुँदे समझदारी भएको छ । सो समझदारी पत्रमा नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघका अध्यक्ष विप्लव रञ्जित र नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले हस्ताक्षर गर्नुभएको छ ।
सहमतिअनुसार, दुवै पक्षबीच संस्थागत समन्वय तथा सहकार्य गर्ने, एनएमएले आयोजना गर्ने कार्यक्रमहरुमा एनएनसिएले समन्वय र सहकार्य गर्ने, दुुवै पक्षको व्यवसायिक तथा पेशागत हकहित, न्युट्रास्युटिकल्स र कस्मास्युटिकल्स उत्पादनहरुको महत्व, प्रयोग तथा यसको प्रभावको विषयमा दुवै पक्षबीच समन्वय तथा सहकार्य गरेर कार्यक्रमहरु सञ्चालन तथा उपयोगको जानकारी गराउने भन्ने उल्लेख छ । यसका साथै एनएनसिए मातहतका खाद्यपुरक, न्युट्रास्युटिकल्स एवं कस्मास्युटिकलका व्यवसायीहरुले नेपाल सरकारको कानुनको परिधिभित्र रहेर उपभोक्ताको स्वास्थ्यलाई ख्याल गरी गुणस्तरीय सामानहरुको आयात तथा बजारीकरण गर्ने भन्ने सहमति भएको छ ।
आम उपभोक्ता तथा बिरामीहरुलाई पोषण तत्वको अभावले विविध जटिल किसिमका रोग लाग्न सक्ने र त्यसलाई रोकथाम गर्न खाद्यपुरक न्युट्रास्युटिकल उत्पादनको उपभोगले विशेष सहयोग पुग्ने र यसको महत्वप विश्वव्यापी रुपमा बढिरहेको उल्लेख गर्दै नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ (एनएनसिए) का अध्यक्ष विप्लव रञ्चितले नेपालमा पनि यसको आवश्यकता र महत्वप जनसमुदाय तथा उपभोक्ताहरुमा पुर्याउनु संस्थागत हक हितको पक्षमा सहकार्य र समन्वय गर्ने भएको बताउनुभयो ।
‘खाद्यपुरक, न्युट्रास्युटिकललगायत खाद्यवस्तुहरुबारे प्रमाणिकरण भइसकेर कानुन बनिसकेको अवस्थामा नेपाल आहारपुरक शौन्दर्यवद्धक संघ (एनएनसिए) र नेपाल चिकित्सक संघबीच बीच सहकार्य गर्न जरुरी थियो ।’— नेपाल चिकित्सक संघका महासचिव सञ्जिव तिवारीले भन्नुभयो’—‘खाद्यपुरक वस्तुले शरीरलाई आवश्यक पर्ने मिनरल, प्रोटिन, भिटामिनलगायतका पोषक तत्व पूर्ति गर्छ । त्यसैले चिकित्सकहरुले यी उत्पादन लेख्न आवश्यक पर्छ ।’ उहाँले बिरामीलाई आवश्य डोज र चाहिने मात्रा मात्र लेखिदिनडाक्टर स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो । सरकारले खाद्यपुरक र न्युट्रास्युटिकल्सको आयातमा भन्सार छुट दिएमा सस्तो मूल्यमा सर्वसाधारणले उपभोग गर्नसक्ने महासचिव तिवारीले जानकारी गराउनुभयो । हाल व्यवसायीहरुले आयातमा ४३ प्रतिशत भन्सार शुल्क तिर्दै आएका छन् ।
आहारपूरक, न्युट्रास्युटिकल, प्रोपाइटरीलगायतका खाद्य पदार्थको नियमन गर्ने, खाद्य स्वच्छता व्यवस्थापन प्रणालीको विकास गर्ने तथा खाद्य पदार्थ सम्बन्धि मापदण्ड निर्धारण गर्ने जिम्मेवारी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनबाट पारित खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ वैशाख २३ गते प्रमाणीकरण गरेसँगै यो खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बाट कार्यान्वयनमा आएको छ । सो विधेयक २०८० चैत २१ गते प्रतिनिधिसभाको वहुमतले पारित गरी राष्ट्रपतिसमक्ष पेश गरिएको थियो । यसअघि नै राष्ट्रिय सभाले यो विधेयक पारित गरिसकेको थियो ।
सो ऐनको परिच्छेद ६ ‘विभाग र प्रयोगशाला’ शीर्षकको २६ नम्बरमा विभागको काम, कर्तव्य र अधिकार अन्तर्गत ख मा भनिएको छ—‘आहारपूरक, न्युट्रास्युटिकल, प्रोपाइटरीलगायतका खाद्य पदार्थको खाद्य स्वच्छता व्यवस्थापन प्रणालीको विकास गर्ने तथा खाद्य पदार्थ सम्बन्धी मापदण्ड निर्धारण गर्ने’
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
