नेपाल हेल्थ न्युज, केरला । कल्पना गर्नुहोस् तपाईं लिफ्टमा अड्कनुभयो, त्यो पनि केही समयको लागि होइन, तर ४८ घण्टाको लागि । जसको कल्पना गर्दा पनि डर लाग्छ । यो ५९ वर्षीय रविन्द्रन नायरको कथा हो । जो गत शनिबार दिउँसोदेखि सोमबार बिहानसम्म लिफ्टमा फसे ।

चार महिनाअघि बाथरुममा लडेकाले मेरो ढाडमा समस्या थियो । त्यसदिनयता मेरो दिनचर्या एकजस्तै भएको थियो । श्रीमती श्रीलेखासँग तिरुवनन्तपुरम मेडिकल कलेजको दोस्रो तल्लामा अर्थोपेडिक्स विशेषज्ञलाई भेट्न जान्थेँ । गत शनिबार हामी समयमै अस्पताल पुग्यौँ । किनभने श्रीमतीको दश बजे अफिस जानुपर्ने थियो । गत हप्ता कोल्लम जाँदा धेरै ढाड दुखेकाले ढाडको एक्स–रे गराउन अस्पताल गएको थिएँ ।
एक्स–रे रिपोर्ट हेरेपछि डाक्टरले रगत परीक्षणको रिपोर्ट देखाउन भन्नुभयो । तर, रिपोर्ट घरमै छुटेछ, एक्सरे रिपोर्ट लिन घर गएँ । रिपोर्ट लिएर अस्पताल आइपुग्दासम्म १२ बजि सकेको थियो । १ बजेसम्म जसरी पनि काममा पुग्नुपर्ने बाद्यता थियो । मेरी श्रीमती अस्पतालकै कर्मचारी थिइन् । त्यसैले मैले स्टाफको लिफ्ट रोजेँ ।
‘बाँच्ने आशा नै मारिसकेको थिएँ’
जब मैले लिफ्ट नम्बर ११ मा १२ः०५ मा प्रवेश गरें । त्यहाँ कुनै अटेन्डेन्स थिएन । भित्र सबै सामान्य थियो । त्यसपछि दोस्रो तलामा जाने बटन थिचेँ । त्यसपछि जे भयो त्यो कल्पना समेत गरेको थिइन । खासमा, लिफ्ट दोस्रो तल्ला नजिक पुगेर एक्कासी तल झर्यो र दुइतल्लाको बिचमा अड्कीयो । मैले लिफ्टमा लेखिएको इमरजेन्सी नम्बर डायल गरें । अलार्म बजिरहेको थियो, तर कुनै प्रतिक्रिया आएन । त्यसपछि श्रीमती सहित धेरैलाई फोन गरें । तर, नेटवर्कमा समस्या भएकाले कसैको पनि फोन लागेन ।
डर लाग्यो । आवाज निकाल्नका लागि जोडले लिफ्टमा हान्न थालें । त्यतिबेला अन्धकारमा मेरो फोन कतै खस्यो । फोन फुटेकाले काम गर्न छाड्यो । म चिच्याइरहेँ । लिफ्टको ढोका खोल्न निरन्तर प्रयास गरेँ । त्यहाँ कुनै प्रकाश थिएन । तर, केही स–साना प्वालहरूको मद्धतले सास फेर्न सक्थेँ ।
मद्दतका लागि आउनेछ भन्ने आशामा बारम्बार अलार्मको घण्टी बजाइरहेँ । दिन र रात छुट्याउन सकिनँ । भित्र पूरै अँध्यारो थियो, थकित भएर त्यतिकै निदाएछु ।

म बाँच्दिनँ भन्ने लाग्यो । मलाई श्रीमती, छोराछोरी र परिवारको चिन्ता हुन थाल्यो । मैले मेरा स्वर्गीय आमाबुबा र पुर्खाहरूको बारेमा सोचें । तर त्यसपछि मैले आफ्नो मानसिक सन्तुलन पुनः प्राप्त गरें । र अन्य कुराहरूमा ध्यान केन्द्रित गरें, ताकि म यसबाट बाहिर आउन सकूँ।
रविन्द्रनको खल्तीमा एक वा दुईवटा रक्तचापको चक्की थियो । तर पानी नभएका कारणले औषधि खान सक्नुभएन । मुख यति सुक्खा भइसकेको थियो कि औषधि निल्न पनि सक्नुभएन । त्यसपछि उसले लिफ्ट मर्मत गर्न कोही आउँछ भन्ने महसुस गर्नुभयो ।
रविन्द्रनले भन्नुभयो– ‘यो घटना करिब ४२ घण्टापछि सोमबार बिहान ६ बजे लिफ्ट अपरेटरले ढोका खोले । लिफ्टबाट हाम फाल्न आग्रह गरे । तर, शरीर निकै थाकेको थिएँ । तलतिर पल्टिएको थिएँ ।'
‘परिवारले हराएको उजुरु दर्ता गराए’
रविन्द्रनकी श्रीमती श्रीलेखाले बीबीसीलाई भन्नुभयो– ‘मलाई अपरिचित नम्बरबाट फोन आयो । रविन्द्रन अर्को छेउमा हुनुहुन्थ्यो । उहाँले श्रीमान लिफ्टमा फसेको जानकारी दिनुभयो । घर लैजान आग्रह गर्नुभयो ।’
यद्यपी, आइतबार बिहानदेखि नै फोन सम्पर्क नभएको भन्दै श्रीलेखा र उनका दुई छोराले हराएको उजुरी दिएका थिए ।
छोरा हरिशङ्करले भन्नुभयो ‘बुबा धेरै पटक अस्पतालबाट सिधै काममा जानुहुन्थ्यो । त्यसकारण हामीले आइतबार बिहानसम्म पख्र्यौँ । फोन फुटेकाले प्रहरीले पनि जीपीएस लोकेशन पनि पत्ता लगाउन सकेनन् ।

रविन्द्रनको अवस्था कस्तो छ भन्ने प्रश्नमा पत्नी श्रीलेखा भन्नुहुन्छ ‘उहाँसधैं शान्त स्वभावको हुनुहुन्थ्यो । यो घटनाको बारेमा कुरा गर्दा धेरै रिसाउनुहुन्छ । मुटु रोगीलाई यस्तो भएको भए के हुन्थ्यो? मेरो ठाउँमा गर्भवती महिला भएको भए के हुन्थ्यो ? बारम्बार यहि कुरा गरिरहनुहुन्छ ।’
‘दोषिलाई कडा कारबाही हुन्छ’
केरलाको स्वास्थ्य मन्त्री वीणा जर्जले मंगलबार रविन्द्रन नायरलाई अस्पतालमा भेट गर्नुभयो । अहिले उहाँको उपचार भइरहेको छ । घटनाबारे स्वास्थ्यमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कडा कारबाही गरिने जनाएको छ । श्रीलेखाले यस घटनाका लागि अस्पताल प्रशासन र स्वास्थ्यमन्त्रीले ‘आफूसँग माफी मागेको’ बताउनुभयो । बीबीसी
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
