काठमाडौं । नेपालमा क्यान्सर रोगका बिरामी पुरुषभन्दा महिला धेरै भेटिएका छन् । हाल ५६ हजार १३ जना क्यान्सरका बिरामी उपचाररत छन् ।
भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलले विश्व स्वास्थ्य संगठनको सहयोगमा नौ वर्ष लगाएर गरेको अध्ययनमा क्यान्सरका बिरामी पुरुषभन्दा महिला बढी भेटिएका हुन् । अध्ययनअनुसार उपचाररतमध्ये पुरुष २६ हजार एक सय आठ (४६.६ प्रतिशत) र महिला २९ हजार नौ सय पाँचजना (५३.४ प्रतिशत) छन् ।
भरतपुर क्यान्सर अस्पतालका क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख किशोरकुमार प्रधानांगले विकसित देशमा पुरुषमा बढी देखिए पनि नेपालमा महिला नै बढी भेटिएको बताए । महिलामा कम उमेरमै बिहे गर्ने तथा धेरै बच्चा जन्माउँदा पाठेघरको मुखको क्यान्सर हुने गरेको उनको भनाइ रहेको नयाँ पत्रिकामा खबर छ ।
जंकफुड, चिल्लो पदार्थको बढी सेवनले स्तन क्यान्सर देखिने गरेको पाइएको पनि प्रधानांगले बताए । पुरुषमा सबैभन्दा बढी देखिने फोक्सोको क्यान्सरमा धूम्रपान नै प्रमुख कारण भएको उनको भनाइ छ । यसबाहेक मुखको क्यान्सर, घाँटीको क्यान्सर, मिर्गाैलाको क्यान्सर, पिसाबथैलीको क्यान्सर बढी देखिनुमा सुर्तीजन्य पदार्थ सेवन प्रमुख कारक रहेको पाइएको छ ।
अध्ययनबाट मुख्य रूपमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आमाशयको क्यान्सर, रगतको क्यान्सर, घाँटीको क्यान्सर, दिसा गर्ने नलीको क्यान्सर र पिसाब थैलीको क्यान्सर देखिएको छ । ‘विकसित देशका पुरुषमा फोक्सो, आमाशय, प्रोस्टेट क्यान्सर र महिलामा स्तन, पाठेघरको मुख, कोलोन/रेक्टम क्यान्सर बढी देखिन्छ,’ प्रधानांगले भने, ‘हाम्रो अध्ययनले पनि पुरुषमा फोक्सो र आमाशयको र महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर बढी भएको देखाएको छ ।’

प्रकाशित मिति: बुधबार, भदौ २, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
पत्रपत्रिकाबाट
नेपालमै सुरु हुँदै कार–टी सेल थेरापीः क्यान्सर उपचारमा नेपालको ऐतिहासिक फड्को
आइतबार, असार २८, २०८३
भक्तपुर क्यान्सर अस्पतालमै तीन दिनभित्र बायोप्सीदेखि आईएचसीसम्मको रिपोर्ट
शुक्रबार, असार १२, २०८३
मधेश प्रदेशमा भक्तपुर क्यान्सर हस्पिटलद्धारा पाठेघरको मुख र स्तन क्यान्सर स्क्रिनिङ
सोमबार, वैशाख २८, २०८३
नेपालमा क्यान्सरको वास्तविक चित्र
मंगलबार, वैशाख २२, २०८३
क्यान्सर पर्खालभित्रको मानवीय कथा
मंगलबार, वैशाख २२, २०८३ट्रेन्डिङ
४