
नेपाल हेल्थ न्युज, काठमाडौँ। यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुनसकेको छैन । शीतलहरका कारण ११ वर्षको अवधिमा करिब एक सय १६ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ ।
शीतलहरका बेला विषेश सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । जनस्वास्थयविद् डा. समिर अधिकारीले अचानक तापक्रम न्यून हुँदा निमोनिया हुने, छालाको समस्या, रूघाखोकी लाग्नेदेखि दीर्घरोगसमेत लाग्ने हुँदा विशेष सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभयो ।
“तापक्रम कम भएर शीतलर चल्दा पैताला, टाउको, घाँटी, छाती र हातबाट शरीरमा चिसो पस्छ, जसले गर्दा छाला चिलाउने, सुन्निने, रातो हुन्छ । यसका साथै झाडापखाला, बाथरोग लाग्ने, जीउ दुख्ने, मानसिक तनावसमेत हुन्छ”, उहाँले भन्नुभयो, “यस समयमा विशेष सतर्कता अपनाएर न्यानो लुगा लगाउनुपर्छ ।”
मुटुरोग विशेषज्ञ डा रञ्जित शर्माले बढी चिसो हुँदा सबैभन्दा बढी असर मुटुलाई पर्ने बताउनुभयो । चिसोमा हाम्रो शरीरमा विभिन्न किसिमका हर्मोनको मात्रा वृद्धि हुने भएकाले रगतको भिस्कोसिटी (बाक्लोपना) बढ्ने र रक्तनली भने खुम्चँदा यसले रक्तप्रवाह असामान्य भई मुटुमा अक्सिजनको कमी हुने उहाँको भनाइ छ । अनि हाम्रो मुटुले सामान्य अवस्थामा भन्दा बढी काम गर्नुपर्छ, जसले रक्तनलीमा रगत जमेर हृदयघात र मस्तिष्कघातसमेत हुनसक्छ”, शर्माले भन्नुभयो ।
शीतलहरबाट जोगिने उपाय
शीतलहरबाट प्रभावित हुने स्थानमा बसोबास गर्ने समुदायका मानिसले शीतलहरको समयमा आफ्ना परिवारको विषेश ख्याल राख्न जरूरी छ । यस समयमा सकेसम्म घर बाहिर ननिस्कुन उचित हुने विज्ञको सुझाव छ ।
न्यानो लुगा लगाउने, तातोपानी र खानेकुरा सेवन गर्ने, वृद्ध र बालबालिकाप्रति विशेष ध्यान दिने गर्नुपर्छ । यसैगरी शीतलहरका विषयमा स्थानीय प्रशासनसँग नियमित सूचना लिनु आवश्यक छ । स्थानीय तथा प्रदेश तहसँग समन्वय बढाउन आवश्यक छ ।
के हो शीतलहर ?
तराईका विभिन्न भागमा विशेषगरी पुस र माघमा आकाशलाई दिनभरि नै कुहिरोले ढाक्ने र घाम नलाग्ने हुँदा आकाशबाट अत्यन्त चिसो शीत खस्छ । यसरी चिसो बतास (हावा) चल्ने अवस्थालाई शीतलहरको प्राकृतिक प्रकोप भनिन्छ ।
प्रभावित क्षेत्रमा बिहानदेखि बेलुकासम्म हप्तौँ वायुमण्डलको तल्लो सतहलाई बाक्लो हुस्सुले ढाक्नाले घाम नलाग्ने हुँदा तापक्रम ह्वात्तै तल झर्ने हुनाले चिसो बढी हुन्छ ।
शीतलहर सामान्यतया विशेष मौसम प्रणालीको परिणामका रूपमा देखापर्दा तापक्रम धेरै तल झर्ने अवस्था उत्पन्न हुन्छ । शीतलहरको अवधिमा तापमान सामान्यभन्दा धेरै कम हुन्छ । जसकारण दैनिक जीवनमा विभिन्न समस्या र असुविधा उत्पन्न हुनसक्छ ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
