नेपाल हेल्थ न्युज, काठमाडौं । प्रतिनिधि सभा बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१ टेबुल भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभएको हो ।
प्रतिनिधि सभामा सांसद डा. सुनिल कुमार शर्माले प्रस्ताव गर्नुभएको नेपालका सबै नागरिकका लागि स्वास्थ्य बिमा योजना प्रारम्भ गरी छिटो, सर्वसुलभ र सहज स्वास्थ्य सेवाको पहुँचमा सबैलाई समेट्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल जारी रहेको छ ।
नेपालमा विशेष गरी ग्रामीण क्षेत्र, सिमान्तकृत र विपन्न समुदायमा कमजोर आर्थिक अवस्था र जनचेतनाको अभाव लगायतका कारणले सामान्य तथा गम्भीर प्रकृतिका रोगहरूका लागि समेत उपचारमा खर्चको अभाव हुनुका साथै स्वास्थ्य सेवामा पहुँच चुनौतीपूर्ण रहेकाले नेपालका सबै नागरिकका लागि एक व्यापक स्वास्थ्य बिमा योजना प्रारम्भ गरी छिटो, सर्वसुलभ र सहज स्वास्थ्य सेवाको पहुँचमा सबैलाई समेट्न आवश्यक भएकाले भन्ने सार्वजनिक महत्वको प्रस्तावमा भनिएको छ ।
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
