नेभिगेशन

संगीता बानियाँको निधनः क्यान्सरसँगको संघर्षमा हार, पत्रकारिता क्षेत्रमा शोक

नेपाल हेल्थ न्युज, चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य संगीता बानियाँको आज बिहान निधन भएको छ । ब्रेस्ट (स्तन) क्यान्सरको उपचार पश्चात् ब्रेन (टाउको) को क्यान्सर भएर उपचारका क्रममा बानियाँको आज बिहान २ः४५ बजे चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा ३० वर्षको कलिलो उमेरमा निधन भएको हो ।

पत्रकार बानियाँको पार्थिव शरीरलाई आजै देवघाटमा अन्त्येष्टि गरिएको छ । भरतपुर महानगरपालिका वडा नं.१६ शिवनगर निवासी बानियाँको उपचारमा आर्थिक अभाव भएपछि केहि समयदेखि आर्थिक संकलन अभियान सञ्चालन समेत सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट