नेपाल हेल्थ न्युज, काठमाडौँ । पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु भएको छ । ‘फङ्सनल न्युरोसर्जरी वर्कसप’ का रूपमा सुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ ।
न्युरो फाउन्डेसन नेपाल र नेपलिज सोसाइटी अफ न्युरोसर्जन्सको संयुक्त आयोजना रहेको सम्मेलनमा क्यानडा, इरान र नेपालका न्युरोसर्जरी क्षेत्रमा कार्यरत चिकित्सक तथा वैज्ञानिकको सहभागिता रहेको छ ।
सम्मेलनमा ६० भन्दा बढी वैज्ञानिकले कार्यपत्र प्रस्तुत गरिरहेका छन् । सम्मेलनबारे प्रकाश पार्दै न्युरो फाउन्डेसन नेपालका अध्यक्ष डा. वसन्त पन्तले भन्नुभयो–‘फङ्सनल न्युरो सर्जरीमा पार्किन्सन्स, शरीर काम्ने, शरीरको चालसम्बन्धी गडबडी (मुभमेन्ट डिसअर्डर) विभिन्न किसिमका मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचारमा केन्द्रित रहेर सम्मलेन आयोजना गरिएको हो ।’
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
